Comments Add Comment

स्कूललाई बालुवा लिन जाँदा विद्यार्थीको मृत्यु

१२ असार, चितवन । आफूले पढिरहेको विद्यालयको निर्माणाधीन भवनका लागि बालुवा लिन जाँदा ढिस्कोले पुरिएर चितवनमा एक विद्यार्थीको मृत्यु भएको छ ।

Chitwan-Mapचितवनको विकट गाउँ लोथर-७, स्यामराङको श्री दुङबाङ रा.प्रा.वि.को निर्माणाधीन भवनका लागि बालुवा लिन गएकी होमरी प्रजाको ढिस्कोले पुरिएर ज्यान गएको विद्यालयका प्रधानाध्यापक अतिबल चेपाङले जानकारी दिए ।

शिक्षा कार्यालयमार्फत निर्माण भइरहेको २ कोठे विद्यालय भवनका लागि सबै गाउँलेले बालुवा ओसारिरहेका थिए । सोही क्रममा कक्षा ५ अध्ययनरत १४ वर्षीया होमरी पनि बालुवा लिन विद्यालयबाट करिब १ घण्टा टाढा गएकी थिइन् । शनिबार दिउँसो २ बजेतिर एक्कासी ढिस्को झरेर उनलाई पुर्‍यो । गाउँलेले उद्दार गरी घरसम्म ल्याए पनि तत्कालै अस्पताल पुर्‍याउन नसक्नाले उनको ज्यान गएको प्रधानाध्यापक चेपाङले जानकारी दिए ।

अति नै विकट भएकाले स्यामराङबाट तुरुन्तै अस्पतालसम्म ल्याउन कठीन छ । पूर्वी चितवनको भण्डाराबाट ३ घण्टा लामो कच्ची सडक पार गरेर पैदल ३ घण्टा नै हिँडेपछि बल्ल स्यामराङ पुगिन्छ । विद्यालय भवन बनाउनका लागि एक पाथी बालुवाको ४० रुपैयाँ ज्याला पाउने आशाले विदाको समयमा विद्यार्थीहरु बालुवा बोक्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment