१३ असार, काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै निर्माणमा अनियमितता हुने गरेको पाइएको छ ।
संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनले सिंहदरबारकै निर्माणमा गैरजिम्मेवारिपना र अनियमितता हुने गरेेको औँल्याएको हो ।
सांसद विकास लम्सालको संयोजकत्वमा गठन भएको उपसमितिले सिंहदरबारभित्रको सडक, भवन, नाली निर्माण तथा मर्मतलगायतका कार्यमा गैरजिम्मेवारीपन र अनियमितता भएको ठहरसहितको प्रतिवेदन बनाएको आजको राजधानी दैनिकमा समाचार छ ।
काहाँ-कहाँ र कसरी अनियमितता भयो भन्ने स्पष्टसँग उल्लेख नगरिए पनि स्थलगत निरीक्षणका क्रममा सम्झौताअनुसारको काम पूरा नगरिएको, मापदण्डविपरीत कार्य गरेको, सरकारी निकायबीच समन्वय नभएको, काम अलपत्र छोडेकोलगायत अनियमितता उल्लेख भएको छ ।
यो प्रतिवेदनसँगै सिंहदरबारभित्रकै निर्माणमा त उचितरुपमा काम हुँदैन भने दूरदराजको अवस्था के होला भन्ने गम्भिर प्रश्न उठाएको छ ।
प्रतिक्रिया 4