+
+

हेर्नुहोस् कोरला नाका पुग्ने कालीगण्डकीको रुट (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १३ गते १७:४९

Korola Border (24)
१३ असार, काठमाठौं । तिब्बत र नेपाललाई जोड्ने मुस्ताङ जिल्लामा अवस्थित कोरला नाका खुलेको चर्चा चलेको केही साता भयो । दुई देशको व्यापार प्रवर्द्धनका लागि कोरला नाकामा व्यापारिक मेलाको तयारी भइरहेको छ ।

मुस्ताङको जोमसोमबाट कालीगण्डकीको बगर हुँदै कोराला नाका पुग्न सजिलो चाँहि छैन । कोरला नाका जोमसोमबाट ९३ किलोमिटर उत्तरमा पर्छ । दायाँ-वायाँ ठुल्ठुला पहरा रहेको कालीगण्डकीको खोंच हुँदै कोराला पुग्ने बाटो नेपाल सरकारले राम्रो बनाउन सकेन भने यो नाकाबाट धेरै उपलब्धि लिन सकिने अवस्था छैन ।

Korola Border (10)
कोरला नाका मुस्ताङको छोसेर गाविससँग जोडिएको छ । तिब्बततर्फको भागमा भौतिक संरचनाहरु बनेको देखिन्छ । त्यहाँ सोलार प्यानल र चिनियाँ सेनाको क्याम्प देखिन्छ । सीमानामा चीन सरकारले तार जाली लगाएको छ ।

हालै नेपाली सेनाको ठूलो ट्रक चढेर सरकारी अधिकारीहरु कोरला नाकासम्म पुगेका थिए ।  साना गाडीहरु पनि कोरलासम्म पुगेका थिए ।

म्याग्दीको बेनीबाट तातोपानी, घासा, टुकुचे र मार्फा हुँदै जोमसोम पुगिन्छ भने त्यहाँबाट ९३ किमी टाढा रहेको कोरला नाकासम्म पुग्न कागबेनी, छुसाङ हुँदै कालीपुल तरेर अघि बढ्नुपर्छ ।

Korola Border (20)
बाटोमा समर, घमी, चराङ हुँदै चर्चित पर्यटकीय स्थल लोमान्थाङ पुगिन्छ ।  लोमान्थाङबाट छोन्दुप हुँदै छोसेर गाविसमा रहेको कोरला नाका पुगिन्छ । कोरला नाका  तिब्बततर्फको ढुम्वासेन डिस्टि्रकमा पर्छ ।

भिडियोमा  हेर्नुहोस् जोमसोमबाट कोरला जाने बाटोको अवस्था

थप तस्वीरहरू हेर्नुस्

Korola Border (6)
Korola Border (7)
Korola Border (8)
Korola Border (9)
Korola Border (11)
Korola Border (12)
Korola Border (13)
Korola Border (14)
Korola Border (15)
Korola Border (16)
Korola Border (17)
Korola Border (18)
Korola Border (19)
Korola Border (21)
Korola Border (23)
Korola Border (25)

तस्वीर/भिडियो सौजन्यः खिमलाल गौतम, -नापी अधिकृत, मुस्ताङ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?