+

रियो ओलम्पिकका लागि ब्राजिली फुटबल टोलीको घोषणा

२०७३ असार  १६ गते १०:५८ २०७३ असार १६ गते १०:५८
रियो ओलम्पिकका लागि ब्राजिली फुटबल टोलीको घोषणा

Neymar

१६ असार, काठमाडौं । स्पेनिस क्लव बार्सिलोनाका सुपरस्टार नेइमार र बार्यन म्यूनिखका डग्लास कोष्टा आसन्न रियो ओलम्पिकका लागि बढि उमेरको खेलाडीको रुपमा ब्राजिलियन टोलीमा छनौट भएका छन् ।

२३ बर्षमुनिको ओलम्पिक टोलीमा तीन खेलाडी बढि उमेरको राख्न पाउने नियम अनुसार ब्राजिलले घोषणा गरेको टोलीमा अर्का खेलाडी पाल्मेइरासका गोलरक्षक फर्नाण्डो प्रासपनि परेका छन् ।

ब्रजिलियन फुटबलको महारथी टोली सान्तोसका युवा स्ट्राइकर ग्याब्रियल बार्बोसापनि टोलीमा समाबेश गरिएका छन् । बार्बोसाले गत महिना ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यू गर्दै गोलसमेत गरेका थिए ।

ब्राजिलको उमेरसमूहको टोलीका प्रशिक्षक रोगेरियो मिकेलले टोलीको प्रशिक्षण गर्नेछन् । कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएपछि नियमित प्रशिक्षक डुंगा बर्खास्तीमा परेका थिए ।

बुधबार घोषणा गरिएको ब्राजिली ओलम्पिक टोली यस्तो छ ।

गोलकिपरः फर्नाण्डो प्रास र विल्सन

डिफेण्डरः मार्क्विन्होस, लुवान, रोड्रिगो काइयो, जेका, विलियम र डग्लास सान्तोष

मिडफिल्डरः थियागो माइया, रोड्रिगो डोउराडो, फ्रेड, राफिन्हा र फिलिप एण्डरसन

स्ट्राइकरः नेइमार, डग्लास कोष्टा, ग्याब्रियल जेसस, ग्याब्रियल बार्बोसा र लुआन

नेइमार ब्राजिल रियो ओलम्पिक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय