+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

युएईमा म्याग्दी प्रबासी नेपाली संघको स्थापना

हिरा बुढाथोकी हिरा बुढाथोकी
२०७३ असार १९ गते १०:०१

uae_magdiदुबई  । संयुक्त अरब इमिरेट्सको युएईमा रोजगारका लागी आएका म्याग्देलीहरुले म्याग्दी अन्तराष्ट्रिय संगठन (मोना) सँग समन्वयन गर्दै जिल्लाको सामजिक बिकास तथा परोपकारी काममा सहयोग पुर्याउने लक्ष्य सहित (मोना) युएई स्थापना गरेको छ ।

गत महिना प्रदीप सुबेदीको अध्यक्षतामा गठन भएको १५ सदस्य कार्यसमितीलाई शुक्रबार शारजाहको रोलामा बसेको पहिलो बैठकबाट २५ सदस्य पुर्याइएको अध्यक्ष सुबेदीले जानकारी गराए ।

प्रत्यक महिनाको पहिलो शुक्रबार बैठक बस्ने निर्णय अनुसार  जुलाई १ तारिख शुक्रबार बैठक बसेको हाे ।  बैठकबाट बिधान पारित हुनुका साथै सदस्य थप भएकाे सुबेदीले बताए ।

यसका साथै युएईमा बिभिन्न क्षेत्रमा कार्यरत म्याग्देलीहरुको दाता संकलन नजीकिदै गरेको इद पर्वमा दुबइको अलकुजमा आयोजित भलीबल प्रतियोगितामा भाग लिने, खेलकुद तथा सँस्कृतिक बिकासको लागी कलाकार तथा खेलाडीको पहिचान खोज्ने लगायतको निर्णय भएको अध्यक्ष सुबेदीले जनकारी गराए ।

आगामी बैठक अगस्त ५ तारिख बरदुबइमा बस्ने निर्णय सहीत सम्पन्न बैठकमा अध्यक्ष प्रदीप सुबेदीको सभापतित्व’ तथा सह-सचिब कमल प्रसाद रेग्मीको स्वागत मन्तब्य रहेको थियो भने भिम कुमार रानाले संचालन गरेका थिए ।

यहाँ सन २०१४ मा पहिलो पटक सुशिल केसीको अध्यक्षतामा म्याग्दी सेवा समिती युएई स्थापना भएको थियो ।

म्याग्देली प्रबासी संघ मोना बिभिन्न मुलुकमा स्थापना छ । मोनाले म्याग्दीको प्राकृतिक बिपतमा राहत ‘ परोपकारी काममा सयोग  उपलब्द गराउनुको साथै बिभिन्न सामाजिक तथा बिकास कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पछिल्लो समय मोनाले म्याग्दीलाई पुर्ण इन्टरनेत जिल्ला बनाउनको लागी विस्वभर अभियान चलाईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?