Comments Add Comment

रोनाल्डोलाई बेलको चेतावनीः यो हाम्रो समय हो

Bale

काठमाडौं । ग्यारेथ बेलले क्रिष्टियानो रोनाल्डोलाई चेतावनी दिएका छन् कि वेल्स पोर्चुगलविरुद्ध नयाँ इतिहास बनाउन तयार छ ।

बेल्जियमलाई ३-१ ले हराउँदै ड्रागन टिम पहिलो पटक युरोकपको सेमिफाइनलमा पुगेको छ र बुधबार रोनाल्डो नेतृत्वको पोर्चुगलको सामना गर्दैछ ।

रियल मडि्रडका स्टार बेलले आफ्ना साथीहरुलाई क्लब टिममेट रोनाल्डो र र उनलको पोर्चुगिज टिमलाई हराएर फाइनलमा स्थान बनाउन प्रेरित गरिरहेका छन् ।

र, यदि वेल्सले उपाधि जितेको अवस्थामा खेलाडी र स्टाफले ७.२ मिलियन पाउण्ड बोनस पाउनेछन्, जुन २१.८ मिलियन पाउण्डको उपाधि रकमको एक तिहाइ हो ।

वेल स्टार बेलले भनेका छन्, ‘चम्कनका लागि यो हाम्रो समय हो । बुधबारको दिन अद्भूत दिन हुनेछ ।’ आफूहरुले इतिहास बनाइसकेको भन्दै उनले अघि भने, आश गरौं हामी थप -इतिहास) बनाउने छौं ।’

वेल्स लगभग फाइनलमा पुगिसकेको हो भन्ने प्रश्नमा बेलले भने, ‘यो हाम्रो हातमा छ ।’ यसअघि गरेका गल्तीबाट पाठ सिक्दै बलियो आत्मविश्वासका अघि बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment