Comments Add Comment

नुहाउन जाँदा हर्पन खोलामा डुबेर बालकको मृत्यु

१९ असार, पोखरा । कास्कीको भदौरेमा पौडी खेल्ने क्रममा डुबेर एक वालकको मृत्यु भएको छ ।

भदौरेतामागी वडा नम्बर ५ बिसेका गोपाल भण्डारीका ७ वषर्ीय छोरा रोशन भण्डारीको स्थानीय हर्पन खोलामा पौडी खेल्ने क्रममा शनिबार डुबेर मृत्यु भएको हो । उनीसँगै नुहाउन गएका ७ वषर्ीय जेम्स अधिकारी भने पौडेर बाँच्न सफल भएका छन् ।

शनिबार दिउँसो करीब ३ बजेको समयमा हर्पन खोलामा रोशन र उनका साथी जेम्स पौडी खेल्न गएका थिए । २ दिनदेखि लगातार परेको पानीका कारण खोला बढेका बेला पौडी खेल्न गएका दुबैलाई खोलाले खोलाले बगाएपनि जेम्स भने पौडेर बाहिर निक्लेपनि रोशनलाई भने खोलाले बगायो ।

साथी बगाएलगत्तै सँगै गएका जेम्सले हारगुहार गरेपछि स्थानिय सूर्य अधिकारीले पौडेर रोशनलाई निकालेका थिए । बाहिर निकालेर पानी छदाएपनि स्वासप्रश्वास नभएको देखिएपछि स्थानिय मेडिकल हलमा लगेको र मेडिकल हलले अस्पताल लैजान सुझाएपछि उनलाई पोखराको मेट्रोसिटी अस्पताल ल्याइएको थियो ।

उनलाई अस्पतालका चिकित्सकले तत्कालै मृत घोषणा गरेको स्थानिय शिक्षक ध्रुब भण्डारीले जानकारी दिए ।

हर्पन सामान्य खोला हो तर, २ दिनदेखि परेको अविरल वषर्ाले हर्पनको पानीको वहाव बढेको थियो । खोला बढेको बेला पौडिन जाँदा खोलाले बगाएको शिक्षक भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment