+
+
Shares

स्मार्टकार्डका कारण लाइसेन्स बनाउन ढिलाई

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २१ गते ६:००

Smart license-Card२१ असार, काठमाडौं । यातायात व्यवस्था विभागका अञ्चल कार्यालयले सवारी चालक अनुमतिपत्र वितरणको काम निमित नहुँदा एकान्तकुनामा सवारी चालक अनुमतिपत्र लिनेको भीड दोब्बर बढिरहेको छ ।

करिब तीन महिनदेखि सेवाग्राही यातायात व्यवस्था कार्यालयमै रातभर लाइनमा बसेर फारम बुझाएर टोकन लिन बाध्य छन् तर कार्यालयले भने सेवाग्राहीको सही व्यवस्थापन गर्न भने कुनै पहल नगरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

बाग्मती अञ्चलमा मात्र स्मार्ट कार्ड लागू गरिनु र अन्य अञ्चल कार्यालयले नियमित काम गर्ने नसक्नुले एकान्तकुनामा सेवाग्राहीको चाप बढेको हो । झन्डै दैनिक ३ हजार सेवाग्राही आएपछि कार्यालयले सेवा दिन सकिरहेकेा छैन ।

डिजिटल लाइसेन्स लागू भएपछि प्रक्रियामा पनि धेरै समय लाग्ने भएकाले ढिलाई हुने गरेको कर्मचारीको भनाइ छ  । पहिला एक जनाको काम गर्न ३ मिनेट लाग्ने गरेकोमा अहिले १० मिनेट लाग्ने भएकाले समस्या भएको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?