Comments Add Comment

ओली सरकार संकटमा, सरकार छाड्ने माओवादी तयारी

KP Oli२१ आसार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन् ।

प्रचण्डले ओलीसँग सोमबार बालुवाटारमा भएको दुई घन्टा लामो छलफलका क्रममा बजेट पारित भएलगत्तै समर्थन फिर्ता लिनसक्ने जनाउ दिएका हुन् ।

प्रचण्डले गत बैशाख २३ गते एमालेसँग भएका ९ बुँदे लिखित र तीन बुँदे मौखिक सहमति सम्झाउँदै ती सहमति कार्यान्वयन नभएको अवस्थामा आफ्नो दललाई सरकारमा बसिराख्न नैतिकरुपमा अप्ठ्यारो पर्ने बताएका आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

सरकारले आगामी २४ गते बजेट पारित गर्ने योजना बनाएको छ। बजेट पारित नहुन्जेलसम्म सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले नेतृत्व गर्नेबारेमा एमाले र केन्ऽका नेताबीच विरोधी धारणा सार्वजनिक भइरहेका छन् ।

‘हामीसँग भएको ९ बुँदे लिखित र तीन बुँदे मौखिक सहमति कार्यान्वयन नहुने अवस्थामा हामीलाई सरकारमा बसिराख्न अप्ठ्यारो हुन्छ । राष्ट्रलाई गति प्रदान गर्न पनि हामीले छोड्नुपर्ने स्थिति आउँछ,’प्रचण्डको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव जोखबहाखुर महराले भने, ‘शान्तिप्रक्रियालाई पूर्णता दिन, संविधान कार्यान्वयन गर्न, पुनर्निर्माणलाई तीब्रता दिन र मधेसका आन्दोलनकारीलाई सहमतिमा ल्याउन राष्ट्रिय सहमतिको सरकार बन्न जरुरी छ । त्यो सरकार जसको नेतृत्वमा बने पनि हुन्छ ।’

कांग्रेस र मधेसी दलको समर्थन जुटाएर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रचण्डले ओलीलाई सल्लाह दिँदै आएका छन् ।

प्रचण्डले शेरबहादुर देउवाको नेतृत्वमा सहमति सरकार बनाउँन प्रस्ताव गर्दा ओलीले , ‘मलाई कांग्रेसले समर्थन नगर्ने हो भने मैले शेरबहादुरजीलाई किन समर्थन गर्ने ?’ भन्ने प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment