+
+

सहमतीय सरकारबारे छलफल गर्न माओवादी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २२ गते ९:२०

Mao-Office२२ असार, काठमाडौं । सहमतीय सरकार गठनमा लागिपरेको  नेकपा माओवादी केन्द्रको पोलिट्व्युरो बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा विहान ११ बजेपछि बस्ने बैठकमा सरकार गठनबारे छलफल हुने बताइएको छ ।

अध्यक्ष प्रचण्डले हिजोबात सुरु बैठकमा छलफलको एजेन्डाको रुपमा सहमतीय सरकार गठनको एजेन्डा ल्याएसँगै आज बिस्तृत रुपमा छलफल हुन लागेको हो ।

राष्ट्रिय सरकारका बारेमा कांग्रेस र एमालेको रणनीति बुझ्ने, एमालेसँग भएको नौबुँदे लिखित र तीनबुँदे मौखिक सहमति कार्यान्वयनका लागि दबाब दिने र राष्ट्रिय सहमतिको सरकार गठनका लागि आˆनो पहलकदमी बढाइराख्न विषयमा छलफल हुने केन्द्रले जनाएको छ ।

बैठकमा नेता वर्षमान पुन नेतृत्वको संगठनात्मक व्यवस्थापन र सुदृढिकरणसम्बन्धी कार्यदलले हिजो पेश गरेको प्रतिवेदनमाथि समेत छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?