Comments Add Comment

रोनाल्डोले युरोकपको सर्वाधिक गोलकर्ताको रेकर्ड भेट्टाए

Ronaldo-1काठमाडौं । युरोपियन च्याम्पियनसिपको इतिहासमा क्रिष्टियानो रोनाल्डोले भन्दा बढी कसैले गोल गरेका छैनन् ।

पोर्चुगललाई फाइनलमा पुर्‍याउने क्रममा उनले बिहीबार विहान एक गोल गरे र मिचेल प्लाटिनीको रेकर्डसँग बराबरी गरेका छन् । वेल्सविरुद्ध ५३ औं मिनेटमा गरेको गोल युरोकपमा उनको नवौं गोल समेत हो ।

अब रोनाल्डोले फाइनल खेल्न बाँकी नै छ । र, प्लाटिनीको रेकर्ड तोड्दै सवार्धिक गोलकर्ता बन्ने मौका पनि उनी सामू छ ।

उनको पहिलो अन्तराष्ट्रिय गोल पनि युरोकपमै भउको थियो, जब उनले २००४ मा १९ वर्षको उमेरमा डेब्यू गरेका थिए । त्यो प्रतियोगितामा उनले अर्को एक गोल गरेका थिए ।

उनले युरो २००८ मा मात्र एक गोल गरे । २०१२ मा भने तीन गोल गर्न सफल भए ।

युरो २०१६ खेल्न फ्रान्स पुग्दा रोनाल्डो प्लाटिनीको रेकर्डभन्दा तीन गोलले पछाडि थिए । तर, पोर्चुगललाई नक आउट चरण पुर्‍याउने क्रममा उनले समूह चरणको अन्तिम खेलमा हंगेरीविरुद्ध दुई गोल गरे ।

जुन खेल ३-३ को बराबरीमा सकिएको थियो । र, पोर्चुगल तेस्रो स्थानमा रहेको उत्कृष्ट चार टिममा पर्दै अघिल्लो चरण पुग्यो ।

नकआउट चरणमा एकपछि अर्को जित हात पार्दै पोर्चुगल अब फाइनलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment