+
+
Shares

जर्मनीलाई राहत, स्वाइन्सटाइगरले फ्रासविरुद्ध कप्तानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २३ गते ३:०८

Bastian-Schweinsteiger

काठमाडौं । फ्रान्सविरुद्धको सेमिफाइनलमा बास्टियन स्वाइन्सटाइगरले जर्मनीको कप्तानी गर्ने भएका छन् ।

घुँडामा लागेको चोटका कारण ३१ वर्षे मिडफिल्डर मार्सेलिएमा खेल्नमा आशंका थियो । तर, जर्मन प्रशिक्षक जोचिम लोले शुक्रबार विहान हुने खेलमा स्वाइन्सटाइगरले आफ्नो टोलीको कप्तानी गर्ने बताएका छन् ।

उनले टिममेटसँग ट्रेनिङ पनि गरे । प्रशिक्षक लोले भनेका छन्, यदि उनले कुनै कम्प्लेन विना ट्रेनिङ गरे भने उनी खेल्छन् । र, उनले कुनै कम्प्लेन विना नै ट्रेनिङ गरेका छन् ।

तर, जर्मनीको चिन्ता अझै हटेको छैन । किनकी उसले फान्सविरुद्धको खेलमा तीन भरपर्दा खेलाडी मारियो गोमेज, सामी खेदेरा र माट हृयुमल्सको विकल्प खोज्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?