+
+
Shares

कर्मचारी नभएपछि डोल्पामा एक्स–रे सेवा ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २३ गते ९:१७

x_ray२३ असार, डोल्पा । डोल्पाको एक मात्र जिल्ला अस्पतालमा कर्मचारी नभएपछि एक्स–रे सेवा ठप्प भएको छ ।

एक्स–रे गर्ने कर्मचारी तालिममा जिल्लाबाहिर गएकाले दुई हप्तादेखि सेवा ठप्प भएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । कर्मचारी नभएपछि जिल्लाका बिभिन्न गाउँबाट एक्स–रेका लागि अस्पताल पुगेका सेवाग्राही त्यसै फर्कने गरेका छन् । अस्पतालमा कर्मचारी नभएपछि एक्स–रेका लागि जिल्लाबाहिर जान थालेको त्रिपुराकोट रल्लीका सुकलाल नेपालीले बताए ।

त्यस्तै, एक्स–रे गर्न नपाएको गुनासो जुफाल गाविस मोतिपुरका शुद्ध परियारले गरे । एक हप्ताभित्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक्स–रे गर्ने स्वास्थ्यकर्मी बोलाएर सेवा सञ्चालन गरिने डाक्टर श्रीकान्त अग्रवालले बताए ।

जुम्लाबाट आउने स्वास्थ्यकर्मीबाट डोल्पाका स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिन पठाएर सेवालाई दीर्घकालीन बनाइने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?