Comments Add Comment

केसी अनशन बसे त्यसविरुद्ध आफूहरू पनि अनशन बस्ने डाक्टरहरूको चेतावनी

govinda kc (3)२५ असार, काठमाडौं ।  प्रस्तावित मनमोहन मेमोरियल शिक्षण अस्पतालका ३३ चिकित्सकले डा. गोविन्द केसी शिक्षण अस्पतालभित्र अनशन बस्न नपाउने दाबी गरेका छन् ।

केसी अनशन बसे त्यसविरुद्ध आफूहरू पनि अनशन बस्ने चेतावनी उनीहरूले दिएका छन् ।

अस्पताल प्रशासनलाई पत्र पठाउँदै उनीहरूले डा. केसीले अस्पतालभित्रै अनशन गर्न पाउने भए आफूहरूलाई पनि अनशनस्थल उपलब्ध गराउन माग गरेका अाजको नयाँ पत्रिकाले जनाएकाे छ ।

पटक–पटकको अनशनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै उनीहरुले डा. केसीलाई कारबाही गर्नसमेत माग गरेका छन् ।

केसीलार्इ कारबाही गर्न माग गर्दै अस्पताल प्रशासनलाई पत्र पठाउँने डाक्टरहरूमा उमाकान्त भट्टराई, रामप्रसाद श्रेष्ठ, नगेन्द्रप्रसाद शाह, गुणकुमार श्रेष्ठ, राजकुमार क्षेत्री, उमा क्षेत्रीलगायतका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment