Comments Add Comment

तपाईका बच्चाले के खान्छन् ? अभिभावकको आहारले निर्धारण गर्छ

eating२५ असार, काठमाडौ । अनुसन्धानकर्ताले अभिभावक तथा बालबालिकाको खानामा एकनासको समानता पाएसँगै अब अभिभावकले के खाने भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने भएको छ ।

बालबालिकाको हुने मोटोपन तथा उनीहरुको व्यवहार बुझ्नका लागि छ सय ९८ अभिभावक तथा उनका बच्चामा गरिएको एक अध्ययनमा आधारित एक तथ्यांकमा यो विश्लेषण गरेको हो ।

सन् २००७ देखि २००९ सम्म यो अध्ययन गर्दा त्यसमा सम्मेलित बालबालिका छ देखि बार्‍ह वर्ष उमेर समुहका थिए । उनीहरु प्रायः अमेरिकाको वासिङ्गटन तथा क्यालिफोर्नियामा बसोवास गर्थे ।

उनीहरुको खानपानको नमूना संकलन गर्न अनुसन्धानकर्ताले हप्ताको कुनै तीन दिन, दुई दिन साताको बीचमा र एक दिन छुट्टकिो दिनमा बालबालिका तथा उनीहरुका अभिभावकले खाने खानापानलाई ध्यानमा राखेका थिए । ९८ प्रतिशत भन्दा बढीले अध्ययनका क्रममा तीन दिनकै आहारको तथ्यांक पेश गरेका थिए ।

दुवै अध्ययनमा अनुसन्धानकर्ताले अभिभावकको आहार बच्चाकोे आहारभन्दा केही मात्रा मात्र धेरै भएको पाएको थियो । त्यसमा बच्चाले ग्रहण गर्ने क्यालोरीको मात्रा अभिभावकसित मिल्दोजुल्दो छ ।  जसमा बालबालिकाको क्यालोरीको मात्रा १ हजार ७ सय ५१ रहेकोमा अभिभावकले ग्रहण गर्ने क्यालोरीको मात्रा  १ हजार ७ सय ६३ छ ।

अनुसन्धानकर्ताले अभिभावकको आहार नै बच्चाको आहार निर्धारण गर्ने बलियो आधार रहेको पत्ता लगाएका छन् ।

दुर्भाग्यवस मानिसहरुले आप\mनो आहारको गुणस्तरताप्रति राम्ररी ध्यान दिइरहेका छैनन् । जबकी अभिभावकको आहारको स्तर बच्चाको भन्दा केही मात्र फरक छ, त्यो पनि थोरै मात्राले’,  अमेरिकाको युनिभर्सिटी अफ डेलावेरकी उप-प्राध्यापक सानोन रम्सनले भनिन् ।

प्रस्तुत अध्ययन ‘द जर्नल अफ द एकेडेमी अफ न्युटि्रसन तथा डाइटिटिक्समा प्रकाशित छ । अनुसन्धानकर्ताले बच्चाहरुको कमजोर आहारको दुई प्रमुख कारणमा खानामा तरकारीको मात्रा कम हुनु तथा धेरै क्यालोरीलाई लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment