Comments Add Comment

त्रिभुवन विमानस्थल भित्रै भैंसी छिरेपछि …

buffalo

२५ असार, काठमाडौं । काठमाडौंमा आजभोलि छाडा पशुवस्तुको आतंक छ । केही दिन अघि शहीदगेटमा एक राँगोले बबण्डर मच्चाएको घटना सेलाउन नपाउँदै शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भैंसीले बितण्डा मच्चायो ।

गौशालातर्फको रोडबाट दौडँदै आएको भैंसी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल गेटबाट भित्र छिर्‍यो । अनियन्त्रित रुपमा दौडिएको भैंसीलाई रोक्ने आँट प्रहरीहरुले गर्न सकेनन् ।

भैंसी विमानस्थलभित्रै छिरेपछि सर्वसाधरणदेखि सुरक्षाकर्मीको भागाभाग भयो । यसपछि प्रहरीले नियन्त्रणको प्रयास गर्‍यो । तर, पटक-पटकको प्रयास असफल भएपछि प्रहरीको बिशेष कार्यदल नै बोलाउनुपर्‍यो ।

भैंसी नियन्त्रण लिनले क्रममा प्रहरीले पनि ठूलो सास्ती बेहोर्नुपर्‍यो । प्रहरीका अनुसार बल्ल बल्ल चारैतर्फबाट घेरा हालेर कान्तिपुर क्याफेको गेटभित्रै भैंसीलाई छिर्न बाध्य बनाइयो र डोरी लगाएर नियन्त्रण लिइयो ।

यही क्रममा भैंसीको आक्रमणमा परी प्रहरी जवान संजय चौधरी घाइते भएका छन् । उनलाई उपचारका लागि नेपाल प्रहरी अस्पताल लगिएको छ ।

सोही भैंसीले काठमाडौंको बौद्ध महांकालमा शनिबार १ जनालाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ । स्थानीय ४७ वषर्ीया उषा पोखरेललाई एक्कासी दौडँदै आएको भैंसीले हानेको थियो ।

उनको ओम अस्पताल चावहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भैंसीलाई नियन्त्रणमा लिई डोरीले बाँध्ने क्रममा आँफै मरेको दाबी प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment