Comments Add Comment

दस वर्षपछि पनि गाउँ फर्किएनन् सचिव

vdc 2२६ असार, काठमाडौं । दस वर्षे जनयुद्धका क्रममा सदरमुकाममा बस्न थालेका डोल्पाका २३ गाउँ विकास समितिका सचिव दस वर्ष बित्दासम्म गाउँ फकिर्एका छैनन् । गाविसमा कार्यालयका लागि भवन नहुनु र सदरमुकाम दुनै बसिरहको हुन् ।

कतिपय गाविस पुग्न एक सातासम्म लाग्ने र जिल्ला विकास समिति र अन्य कार्यालयको बैठक, तालिम र अन्तक्रिर्या आदिका लागि बारम्बार सदरमुकाम आउनु पर्ने बाध्यताले पनि उनीहरु दनै बसरेर काम गरिरहेका हुन् ।

सम्बन्धित गाविसमा बसेर काम नगर्दा विकास निर्माणका काम सुस्त गतिमा भइरहेको हो । आजको अन्नपूर्णमा समाचार छ ।
केही समयअघि एक सचिवले चार, पाँचवटा गाविस सञ्चालन गरे पनि यतिवेला २३ गाविसमै सचिवहरु छन् ।

नेकपा एमालेका जिल्ला सदस्य नरबहादुर बुढाले गाविसका सचिवले गाउँमै बसेर जनाको सेवा नगरेरर गाउँका बासिन्दालाई वा आफैलाई ठगिरहेको आफूलाई पत्तो हुन छाडेको बताए ।

सदरमुकारबाट विभिन्न गाविसहरु पैदल हिडेर जानुपर्ने र असुविधा हुने कारण पनि गाविस सचिवहरु सदरमुका केन्द्रीत भएका हुन् ।

डोल्पाको विमानस्थल जुपfmलदेखि सदरमुकाम दुनैसँग करिब १० किलोमिटरमात्र गाडी गुड्छ । यसबाहेक गोरेटो र घोडेटोमात्र छ ।

गाउँको विकासको लागि योजना बन्छन्, बजेट छुटिन्छन् तर सवि सदरमुकाम छोड्न नमान्दा योजना तथा कार्यक्रमबारे जनतामा सूचनासम्म पुग्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment