Comments Add Comment

नेपाली जनसम्पर्क समिति-क्यानडा र क्यानडा सरकार स्वास्थ्य मन्त्रालयबीच वार्ता

caneda_meet_helthक्यानाडा । नेपाली जनसम्पर्क समिति- क्यानडा(एनपीसी सी-क्यानाडा) ले नेपाली समुदाय मा रहेको बढदो बेरोजगारी को समस्या लाई आफ्नो पहिलो प्राथमिकता मा राखेर स्वास्थ्य सेवासंग सम्बन्धित सबैको हित, उन्नति, प्रगति को निम्ति ओन्टारियो सरकार, स्वास्थ्य मन्त्रालयको ध्यानाकर्सन गराएको छ ।

नेपालमा स्वास्थ्य सेवा मा कार्य गरेका, स्वास्थ्य सेवा संग सम्बन्धित बिषय अध्ययन, अध्यापन गरेका डाक्टर, नर्स, ल्याब टेकनिसियन, फार्मेसिस्तहरु संग अनुभब र आबस्यक ज्ञान हुँदाहुँदै पनि आफ्नो दक्ष्यता रहेको क्षत्र मा रोजगारी का अबशर बाट बन्चित रहनु परेको  भन्दै समितिले ध्यानाकर्षण गराएको हो ।

हाल व्यवस्था भएका अपग्रेदीङ्, ब्रिजिंग, फास्टत्रैक, ट्रेनिंग जस्ता अबसर पनि पर्याप्त र सजिलो संग नपाइने भएको ले सम्बन्धित मन्त्रालय, क्षत्र, बिभाग को ध्यानाकर्षण गराई समस्या को समाधान का निम्ति के कस्ता बिकल्पहरु हुन सक्छन र भबिष्य मा के कस्ता नीति, नियम निर्माण गरेमा अहिलेको समस्या बाट मुक्ति भइ रोजगारी का अबशर पाउने मार्ग प्रसस्त एबं खुला हुनेछन भनेर छलफल का लागि ओन्टारियो सरकार, स्वास्थ्य मन्त्रालय बाट सम्पर्क भएको थियो ।

उक्त बिषय मा क्यानाडा सरकार तथा ओन्टारियो सरकार, स्वास्थ्य मन्त्रालय संग समन्वय गरि आवश्यक कार्य गर्न एन. पी. सी. सी.-क्यानाडा का महामन्त्री एबं क्यानाडियन मामला सम्बन्धि प्रमुख दीपक मोहन भट्टराईको नेत्रिव्त्वोमा पहल भएको थियो ।

ओन्टारियो सरकार का स्वास्थ्यमन्त्रि डा. एरिक हस्किन संग कुराकानी भइ स्वास्थ्यमन्त्रि बाट मन्त्रालय र सम्बन्धित बिभाग लाई भट्टराई संग छलफल गरि समस्या समाधान का लागि आवश्यक प्रक्रिया सुरु गर्न निर्देशन भएको थियो । स्वास्थ्य मन्त्रालय संग छलफल गरि आफ्ना मागहरु प्रस्तुत गर्न को लागि सो को तयारी को सिलसिला मा मे २८ को दिन टोरोन्टो को वेल्लेसेली कम्मुनिटी सेन्टर मा एक अन्तरक्रिया को आयोजना गरिएको थियो ।

पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रम मा क्यानाडाबासि नेपाली स्वास्थ्यकर्मीहरुको उत्साहजनक सहभागिता थियो । बिल्कुलै फरक ढंग को उक्त कार्यक्रम भट्टराई ले संचालन गर्नु भएको थियो र विभिन्न क्षेत्र का नेपाली स्वास्थ्यकर्मीहरु ले आ आफ्ना अनुभव सुनाई भाबी रणनीति को बारेमा जिज्ञाशा राखेका थिए ।

सोहि कार्यक्रम का सहभागी स्वास्थ्यकर्मी हरु ले दिएको सुझाब लाई आधार बनाएर बिहिबार, जून ३० मा स्वास्थ्य मन्त्रालय मा आफ्ना मागहरु सहित स्वास्थ्यकर्मी र समाजसेवी सहित को टोलि पुगेको थियो ।

छलफल मा भट्टराई ले पावर पोइन्ट प्रस्तुत गरि कार्यक्रम को संचालन गर्नुभएको थियो भने सहभागी स्वास्थ्यकर्मी सिर्जना आचार्य, बन्दना महत ले मन्त्रालय को प्रतिनिधि मण्डल संग बार्ता गर्नु भएको थियो । सो कार्यक्रम मा जनसम्पर्क समिति का सभापति बुद्धि प्रकाश ओली लगाएत अन्य पदाधिकारीहरु चिअर केशब सापकोटा र बरिस्त उपसभापति सुरेन्द्र खडका को पनि उपस्थिति थियो ।

मन्त्रालय ले मागहरु लाई सकारात्मक रुप मा लिएको र सम्बन्धित संस्था र अधिकारी संग एस सम्बन्धमा छलफल गरि टुंगो मा पुग्ने जनाएको छ। स्मरणीय छ, नेपाली जनसम्पर्क समिति, क्यानाडा बिगत केहि महिना देखि नेपाली समाज र समग्र नेपालीहरु को हित का निम्ति विभिन्न कार्यक्रम गरिरहेको छ ।

यसै क्रम मा संस्थाका महामन्त्री एवं क्यानाडियन मामिला प्रमुख दीपक मोहन भट्टराईको नेत्रित्वमा क्यानाडा सरकार संग समंन्वोय गरि पहिलो पटक क्यानाडा का प्रधानमन्त्री श्री जस्टिन टूदौ बाट नेपाली नववर्ष को उपलक्ष्य मा सुभकामना संदेश आएको, काबूल घटना का पिडितहरुलाई धन्यबाद सहित क्षतिपूर्ति दिलाउनको लागि घटनाघटे लगत्तै क्यानाडाका प्रधानमन्त्री, विदेश मन्त्रि, विदेश मन्त्रालय का उच्ह अधिकारी, उप बिदेश मन्त्रि लगाएत साम्सदहरु संग सम्पर्क गरि पीडितहरु को लागि लब्यिंग गर्दै दबाब सिर्जना गरि विदेश मन्त्रालय लाई आफ्ना मागहरु प्रति सकारात्मक बनाउन महत्वपुर्ण भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment