Comments Add Comment

रहेनन् दुनियाका सबैभन्दा धनी गरीब मानिस

abdul_sattar_edhi_गरीब । तर गरीबमा पनि दुनियाकै धनी । अर्थात् दुनियाकै सबैभन्दा धनी गरीब मानिस । यस्तो अनौठो विशेषता भएका मानिसको निधन भएको छ ।

चर्चित पाकिस्तानी समाजसेवी अब्दुल सत्तार इधी विश्वका सबैभन्दा धनी गरीब मानिसको नामले चिनिन्छन् । उनी इधीको शुक्रबार मृत्यु भएको छ ।

उनले मर्ने बेलामा भनेका छन्ः मेरो देशका गरीबहरुको ख्याल राख्नुहोला ।

मृगौला लगायतका रोगबाट सिकिस्त भएर निधन भएका इधीले आफ्नो जिउको एकमात्र काम गर्ने अंग आँखा दान गरेका थिए । उनले आफ्नो सबै धनसम्पत्ति पनि यसअघि नै दान गरिसकेका थिए ।

इधीको निधनप्रति पाकिस्तानका राजनीतिज्ञ, खेलाडि, समाजसेवी मात्र होइन भारतीय विदेशमन्त्रीले समेत श्रद्धान्जली व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment