+
+
Shares

अब अपराधीका दिन गएः प्रहरी महानिरीक्षक अर्याल

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २६ गते १४:२४
Upendrakanta-Aryal
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल । फाइल तस्वीर

२६ असार, चितवन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीले अपराध सहन नसक्ने भन्दै अब अपराधीका दिन सकिएको बताएका छन् । शान्ति सुरक्षा कायम गर्न प्रहरीले जस्तोजुकै कदम चाल्ने उनले बताए ।

‘अब अपराधीका दिन गए,’ जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आइतबार आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १६४ औंं समूहको दीक्षान्त समारोहमा बोल्दै महानिरीक्षक अर्यालले भने, ‘प्रहरीले अपराध सहन सक्दैन ।’

देशमा संविधान बनिसकेको र कार्यान्वयनको अन्तिम चरणमा पुगेको भन्दै उनले कानुनी राजमा अपराधी उम्कन नसक्ने ठोकुवा गरे । सामाजिक सदभाव र शान्ति सुरक्षा खलल पुर्‍याउनेसँग कुनै हालतमा सम्झौता नगर्न पनि उनले प्रहरीलाई निर्देशन दिए ।

समयअनुसार नेपाल जनतासँग सहकार्य गरी ‘जनताका लगि प्रहरी’ भन्ने मूल मन्त्रको विकास गर्न महानिरीक्षक अर्यालले सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले अबका दिनमा अनुसन्धान र प्रहरी विशिष्ट ढंगबाट काम गर्नुपर्ने बताए ।

सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले दीक्षित प्रहरी सहायक निरीक्षकहरुलाई समयसापेक्ष व्यावसायीक क्षमता अभिवृद्धि गर्दै अगाडि बढ्न निर्देशन दिए ।

विक्रम संवत् ०७२ साउन १७ गतेदेखि तालिम लिएका ४१ महिलासहित ५ सय ९२ जनालाई कार्यक्रममा दीक्षित गरिएको छ । कार्यक्रम केन्द्र प्रमुख रणबहादुर चन्दको संयोजकत्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?