कानभित्र स साना रौँ पलाउनु सामान्य हो । कानको सुरक्षामा यस्ता रौँले ठूलो भूमिका खेलेका हुन्छन् । तर यदि कानमा बाक्लै तथा ठूला ठूला रौँ पलाएका छन् भने सावधान हुनु आवश्यक छ । किनकी यसरी कानमा रौँ पलाउनु गम्भीर रोगको लक्षण हुनसक्छ ।
हालैको एक अध्ययनले कानमा बाक्लो रौँ पलाउनु प्राणघातक रोगको लक्षण हुनसक्ने देखाएको छ । कानमा रौँ पलाउने मानिसहरु मुटु सम्बन्धी रोगबाट पीडित हुने देखिएको शोधकर्ताहरुको भनाई छ । खासमा कानमा रौँ पलाएका मानिसहरुमा हृदयाघातको जोखिम बढि हुन्छ ।
कानमा रौँ पलाउने समस्या आजकल वंशाणुगत भन्दा पनि भागदौडपूर्ण जिवनको नतिजाको रुपमा रहने गरेको छ । त्यस्तै चुरोट पिउने मानिसमा कानमा रौँ पलाउने समस्या बढि देखिने गरेको छ ।
त्यसैले कानमा रौँ पलाउनु भनेको मानिसको स्वास्थ्य बिग्रिरँदै गएको लक्षण हो । जसका कारण उसमा मुटु सम्बन्धी रोगको जोखिम बढेको हुन्छ । शोधकर्ताका अनुसार कानमामा रौँ आउनु र हृदयाघातबीच गहिरो सम्बन्ध हुन्छ ।
त्यसैले यदि तपाइँको कानभित्र पनि धेरै रौँ पलाउन थालेका छन् भने सावधान हुनुहोस् । यसलाई नजरअन्दाज नगर्नुहोस् ।
प्रतिक्रिया 4