+
+
Shares

सन्नीको प्रश्न-‘चलचित्रमा अभिनयपछि के त ?’

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २७ गते १२:२९

Sunny Leone in Nepal (3)
बलिउड नायिका सन्नी लियोनीलाई लाग्छ, बलिउड उनको करिअरमा सधैका लागि होइन । ‘वीग बोस’ हुँदै बलिउडमा प्रवेश गरेकी यी एडल्ट स्टारलाई लाग्छ कि चलचित्र नगरीसँगै अरु क्षेत्रमा पनि लगानी गर्न आवश्यक छ ।

सन्नीले जुन क्षेत्रमा सफल भएपनि त्यसको क्षेत्र विस्तार गर्न आवश्यक भएको बताइन् । ‘जीस्म” डेब्यू नायिकालाई लाग्छ, उनका लागि चलचित्र क्षेत्र सधैका लागि होइन । उनले भनिन्-‘त्यसपछि करिअरमा के त भन्ने प्रश्न सधै उब्जन्छ ।’

सन्नीले बलिउडमा थुप्रै अवसर पाएपनि सोचेजस्तो सफलता पाउन सकेकी छैनन् । उनले बलिउडका स्टार कलाकारसँग काम गर्न नपाउँदा सामान्य भूमिकामा नै चित्त वुझाउनु परेको छ । बलिउडमा आजसम्म सन्नीले गम्भिर भन्दा पनि ग्ल्यामर भूमिका मात्र पाउने गरेकी छिन् । यसैले सन्नीले अब बलिउडसँगै के त भन्ने सोच राख्न थालेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?