+
+

हेर्नुहोस् ‘चपली हाइट २’ गीत, हट परमितासँग गल्ती गर्दै आयुष्मान

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २८ गते १२:३५

aausman and paramita
ट्रेलर सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्र ‘चपली हाइट २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘गल्ती गरौ न’ बोलको गीतमा चलचित्रका मुख्य २ कलाकार आयुष्मान देसराज जोशी, परमिता आर एल रानालाई फिचरिङ गरिएको छ । चलचित्रमा मरिष्का पोख्रेल पनि मुख्य भूमिकामा छिन् ।

भिडियोमा प्रेममा डुबेका २ यूवायूतीको रोमान्सलाई देखाउन खोजिएको छ । यो गीतमा परमिता खुबै हट देखिएकी छिन् । विकिनी लगाएर उनले आयुष्मानसँग स्विमिङ पूलमा रोमान्स गरेकी छिन् । दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।chapali height 2 hot song

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको लोकेशन, छायांकनदेखि लाइटिङ पक्ष उत्कृष्ट छ । कविराजले नायक-नायिकाको रोमान्सलाई कलात्मक ढंगले देखाएका छन् । भिडियोमा नायक-नायिका कामुक देखिएपनि उच्छृङ्खल भने लाग्दैनन् ।

अर्जुन कुमारले संगीत भरेको गीतमा धमेन्द्र सेवानको स्वर, सुरेश राइको शब्द छ । भदौ २ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?