+
+
Shares

छोरा-बुहारीले आमालाई जंगलमा छाडे, गाउँलेले गरे उद्धार

कृष्ण आचार्य कृष्ण आचार्य
२०७३ असार २८ गते १७:४०
Son-and-daughter-in-Law-of-Batu-Adhikari,-Surkhet
आमालाई जंगलमा लगेर छाड्ने छोरा-बुहारीलाई कान समातेर उठबस गराउँदै गाउँले

२८ असार, सुर्खेत । नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमाले के आशा गर्ने ? धेरै बाबु-आमाले छोराबाट आत्मसन्तुष्टि चाहन्छन् । तर समाजमा केहि त्यस्ता सन्तान पनि जन्मिन्छन् जसले आफू सुविधासम्पन्न घरमा बसेर आमालाई जंगलमा लगेर अलपत्र छाडिदिन्छन् ।

यो कुनै नेपाली दन्त्यकथा होइन । कान्छा छोरा-बुहारीले जंगलमा लगेर छाडेका सुर्खेतकी एक वृद्धाको गाउँलेले उद्धार गरेका छन् र परिवारमा पुनःस्थापित गराएका छन् । साथै छोरा-बुहारीलाई सार्बजनिक स्थानमा सजायँ पनि दिएका छन् ।

सुर्खेतको पश्चिम साल्कोटकी ७२ वर्षीया बाटु अधिकारीलाई उनकै कान्छा छोरा-बुहारीले दुई महिना अघि छिमेकी गाविस पोखरीकाँडा-३ को जंगलमा रहेको ओढारमा लगेर छोडेका थिए ।

Batu-Adhikari,-Surkhet
बाटु अधिकारी

बृद्धा जंगलमा रहेको जानकारी स्थानीयले दिएपछि सालकोट गाविसको विशेष पहलमा स्थानीयले उद्धार गरेका हुन् । आमालाई जंगलमा छाडेका कान्छा छोरा-बुहारीलाई गाउँले भेला भएर कान समातेर उठबस गराएका छन् र अबदेखि यस्तो कहिल्यै नगर्ने भनेर माफी माग्न लगाएका छन् ।

बाटु अधिकारीले जंगलबाट घरमा फर्किन पाएकोमा खुसी व्यक्त गरिन् ।

जंगलबाट उद्धार गरिएकी ७२ वर्षीया वृद्धालाई जेठा छोरा-बुहारीको जिम्मा लगाइएको साल्कोट गाविसका सचिव तिलकराम अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?