+
+
Shares

गुल्मीको बडिगाढ खोलामा बाढी, ६० घर उच्च जोखिममा

शिवलाल सुवेदी शिवलाल सुवेदी
२०७३ साउन ३ गते ९:३५

flood३ साउन,गुल्मी ।  लगातारको बर्षाले गुल्मीका खोलाहरुमा पानीको सतह बढेपछि छेउछाउका बस्तीहरु जोखिममा परेका छन्। लगातार ३/४ दिनदेखि परेको बर्षाले जिल्लाका  दुई ठूला नदी तथा अन्य खोलाहरुमा पानीको सहत बढेपछि बस्तीहरु जोखिममा परेका हुन्।

बडिगाढ खोलामा अाएको वाढीका कारण उर्लीखोला बजारको जोहाङ्ग २ र बम्घा गाविसको ५ का २ बस्तीहरु यतिबेला जोखिममा परेका छन् ।

खोलामा पानीको सतह बढीरहेकाले उक्त स्थानका करिव ६० घरधुरीहरुहरु उच्च जोखिममा परेको स्थानीय बिष्णु भण्डारीले जानकारी दिए ।

‘२ दिनदेखि हामीहरु रातिमा जाग्राम बस्न थालेका छौ भण्डारीले भने  बाढी बढेसँगै खोलाले बस्ति जोखिममा परेको छ ।” स्थानीयवासीहरु खोला बजारमा पस्ने डरले सामानहरू घरबाट सुरक्षितस्थानमा सारिरहेका छन् ।

जिल्ला प्रशासन कार्यलय गुल्मीले पनि खोलामा पानीको सतह बढीरहेकाले खोला छेउछाउका स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?