
३ साउन, दैलेख । न्यूनतम सर्त तथा कार्यसम्पादन मापनको नतिजामा दैलेख जिल्ला विकास समिति नेपालकै दोस्रो भएको छ । धनकुटा पहिलो भएको छ ।
जिल्ला बिकास समिति दैलेख स्थानीय निकाय वित्तीय आयोगको मूल्यांकनमा ८५ अंकका साथ दास्रो भएको हो । गत बर्ष ७७ अंक ल्याई तेस्रो स्थानमा रहेको दैलेख जिल्ला विकास समिति यस वर्ष एक स्थान माथी उक्लिएको छ ।
उत्कृष्ट कार्य सम्पादनका आधारमा दैलेख जिविसले २० प्रतिशत अनुदान पाउने व्यवस्था रहेको छ ।
स्थानीय निकाय कार्यविधि १४ चरण पारित गर्दै वजेट खर्च गर्ने प्रणाली, पारदर्शिता वित्तिय व्यवस्थापन तथा शुसासन सहभागितात्मक योजना छनौट लगाएतका कामको प्रभावकारीसंगै दैलेख दोस्रो हुन सफल भएको दैलेख जिविसले जनाएको छ ।
समुदाय स्तरवाट आएका योजनाहरुलाई कसैको दवावमा नपरी योजना छनौट तथा कार्यान्वय वेरुजु फर्छ्यौट र दैनिक कार्य व्यवस्थापन लगाएतका ४६ वटा सुचक पूरा गरेर दैलेख जिविस सफल भएको स्थानीय विकास अधिकारी अरि प्याकुरेलले बताए ।
‘निर्धारित मितिमै योजना छनौट परिषद योजना कार्यान्वयन तथा फर फारक पार्ने गतिविधि बसेको छ,’ उनले भने, ‘योजना परियोजना कार्यान्वयन पक्रिया तथा दैनिक कार्य सञ्चालनमा पारदर्शिता अपनाइएकाले अघिल्ला वर्ष भन्दा नतिजा सुध्रेको हो ।’
जनप्रतिनिधि विहीन अवस्थामा थिती र विधि अनुरुप दैलेख जिविसले काम गर्दै आएकाले कार्य सम्पादनमा दैलेख दोस्रो जिल्लामा आएको प्याकुरेलको भनाई छ । ‘गाविस सचिवहरुलाई महिनाको २० दिन सम्बन्धित गाविसमै बस्न वाध्य पार्नु, कार्यालयले आन्तरिक शुसाशन कायम राख्नु, विद्युतीय हाजिरी, सिसिटिभी क्यामरा जडान गर्नु जस्ता कार्यले पनि कार्य सम्पादनमा सुधार आएको हो,’ स्थानीय विकास अकिकारी प्याकुरेलले भने, ‘यी लगाएत हरेक योजनाको सार्वजनिक सुनुवाई लेखा परिक्षण गर्ने पद्धतिको विकास भएको छ ।’
स्थानीय निकाय कार्यविधिमा टेकी थिति र विधिले गर्दा दैलेख जिविसमा तुलनात्मक रुपमा सुधार भएको कार्यक्रम अधिकृत पदम सापकोटाले वताए । दोस्रो चौमासिक भित्र ६० प्रतिशत बजेट खर्च गर्न नसक्दा कार्य सम्पादनमा दैलेख जिविसको थप अंकमा प्रभावित भएको हो,’ सापकोटाले भने, ‘आगामि वर्ष धेरै क्रियाकलाप सुधार गर्दै प्रथम हुने लक्ष्य राखेका छौ ।’
दैलेखमा स्थानीय विकास अधिकारी हरि प्याकुरेल आएसँगै जिविसका काममा पनि सुधार आएको अधिकृत सापकोटाले दावी गरे । ‘विगतमा नौ करोड बेरुजु भएको जिविसमा एलडिओ आएसँगै ५ करोड ३३ लाख फर्छ्यौट भएको छ,’ उनले भने, ‘यसले गर्दा पनि कार्य सम्पादन तथा मुल्यांकनमा जिविस सफल भएको हो ।’
प्रतिक्रिया 4