+
+
Shares

बाँदरदेखि हैरान भए भुल्केका किसान

रासस रासस
२०७३ साउन ४ गते १०:३६

४ साउन, भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुरको भुल्के गाविस–२ मन्सरामका कृषक बाँदरदेखि हैरान भएका छन् । कृषकले लगाएको मकै बाली बाँदरले बारीमै आएर खाइदिन थालेपछि कृषक हैरान बनेका हुन् ।

bandar-monkeyयहाँका स्थानीय दिउँसो बाँदर रुँग्न हरेक घरबाट एकजना मकैबारीमै बस्ने गरेका छन् ।

दिउँसो कृषकलाई बाँदरले हैरान बनाएको बेला राति भने दुम्सीले मकै खाइदिने गरेको कृषकको गुनासो छ ।

हरेक वर्ष बाँदरले दुःख दिने गरेको भएपनि कुनै निकायबाट समाधानको पहल नभएको भुल्के–२ का मनशोभा थापाले गुनासो गरे ।

बाँदरले जिल्लाका धेरै गाविसका कृषकलाई हरेक वर्ष दुःख दिने गरेको छ ।

बाँदरले अन्नबाली खाइदिने भएका कारण कतिपय गाउँका बासिन्दा बसाइँ सर्न समेत बाध्य बनेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?