Comments Add Comment

प्रियंकाको पारिश्रमिक १२ करोड, हलिउड फिल्म खेलेपछि बढ्यो रेट

priyanka chopra hot
‘जय गंगाजल’पछि बलिउड नायिका प्रियंका चोपडाले कुनै पनि हिन्दी चलचित्रमा सम्झौता गरेकी छैनन् । अहिले उनले अंग्रेजी सिरियल ‘क्वान्टिको २’को छायांकनका लागि अमेरिकामा छिन् ।

केहि दिन अघि मात्रै उनी भारत आएकी थिइन् । तर, कुनै चलचित्रमा पनि सम्झौता गरिनन् । उनले केहि निर्देशकसँग भेटिन्, कथा पनि सुनिन् तर सम्झौता गर्न मानिन् ।

उनका निकटका अनुसार उनले आफ्नो पारिश्रमिक बढाएकी छिन् । अब उनी एउटा चलचित्र खेलेवापत १२ करोड माथिको पारिश्रमिक लिन चाहन्छिन् ।

अर्को कुरा अब सहायक भुमिकामा अभिनय नगर्ने उनको योजना छ । मुख्य भुमिकामा मात्रै अभिनय गर्ने सोचमा रहेकी प्रियंकाले अफबिट चलचित्रलाई विशेष प्राथमिकता दिने भएकी छिन् । ‘डन-३’ मा काम गर्ने विषयमा निर्देशकसँग कुरा भएपनि सम्झौता गरिनन् । अन्य केही भाषिक चलचित्रमा पनि काम उनको काम गर्ने योजना छ ।

हलिउड चलचित्रमा काम गरेपछि उनलाई दुइ दर्जन बढी विज्ञापनवाट अफर आएको छ । उनले पछिल्लो पटक एउटा सफ्ट ड्रिकमा काम गरे वापत ६ करोड पारिश्रमिक लिएकी छिन् ।

हिन्दी चलचित्र ‘जय गंगालज’ मा चार करोड पारिश्रमिक लिएकी उनलेे ‘बाजीराओ मस्तानी’मा पाँच करोड लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment