Comments Add Comment

आँचलको प्रेममा छन् पल, ‘नाई नभन्नु ल ४’मा एकसाथ गरेका थिए काम

pal and aanchal sharma
म्यूजिक भिडियोका चर्चित मोडल हुन् पल शाह । पल शाहको यूवती फ्यान धेरै छन् । हुनत, उनको फ्यान क्रेज आजसम्म म्यूजिक भिडियोमा मात्र काम लाग्दै आएको छ ।

तर, उनै पल भने एक यूवतीको प्रेममा छन् । पल शाह नायिका तथा मोडल आँचल शर्मासँगको अफेयरमा छन् । अनलाइनखबरलाई श्रोतले दिएको जानकारी अनुसार पल र आँचलको प्रेम चलचित्र ‘नाई नभन्नु ल ४’को छायांकनदेखि नै सुरु भएको हो । Pal Shah (1) Pal Shah (2)
एक कार्यक्रममा भेटिएका मोडल पलले प्रेमको कुरालाई टार्न खोजे । उनले बजारमा पनि के-के चर्चा हुन्छ मात्र भने । पल र आँचल अहिले पनि सार्वजनिक कार्यक्रममा एकसाथ पुगेको देख्न सकिन्छ । तर, यी दुइले सार्वजनिक रुपमा प्रेम स्विकारेका छैनन् । चलचित्रको छायांकनदेखि नै नजिक भएको यो जोडी अहिले झनै प्रेमको सामिप्यतामा रहेको वुझिएको छ ।

पल शाहले भने आँचल आफ्नो राम्रो साथी भएको बताए । उनले चलचित्रमा एकसाथ काम गरेपछि निकटता भएपनि प्रेम नै भएको भन्न नमिल्ने बताए ।  Pal Shah (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment