+
+
Shares

चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न सरकार परिवर्तनको खेलः सञ्चारमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ६ गते १२:५५

Sherdhan-Rai

६ साउन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले वर्तमान सरकार बिघटन गर्न खोजिएको आरोप लगाएका छन् ।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपालको आर्थिक विकासको ढोका खुल्ने र त्यसको नेतृत्व एमालेको हुने डरले कांग्रेस र माओवादी केन्द्रले सरकार बिघटन गर्न लागेको उनले आरोप लगाएका हुन् ।

रफत सञ्चार क्लब भक्तपुरमा बिहीबार बोल्दै मन्त्री राईले सरकार परिवर्तनका लागि कांग्रेस र माओवादीबीच गलत नियतले अँध्यारो कोठामा बसेर गरिएको भन्दै यो गठबन्धनले नेपालको हित नगर्ने समेत आरोप लगाएका छन् ।

यस्तै मन्त्री राईले सभामुखले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको दावी गरेका छन् ।

उनले सभामुखले निष्पक्ष भूमिका देखाउन नसक्दा नै राजनीतिक दलहरुबीच झडपको स्थिति उत्पन्न भएको र संसदको मर्यादामा समेत प्रश्न उठेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?