+
+

लुट र पुरानो डुगांको लागि सिड्नीमा डान्स पार्टी

राजन घिमिरे राजन घिमिरे
२०७३ साउन ९ गते ९:३२

loot posterअष्ट्रेलिया । अष्ट्रेलिया यतिबेला नेपाली चलचित्रका लागि सुरक्षित र भरपर्दो बजारका रूपमा स्थापित हुने तयारीमा छ ।

बिभिन्न सांस्कृतिक कार्यक्रमहरू जस्तै नेपाली चलचित्रहरूको प्रर्दशनका निमित्त पनि अष्ट्रेलिया आर्कषकको मूलुक बन्दै गएको छ ।

यसले एकातिर चलचित्र निर्माताले आर्थिक रूपमा राहतको महशुष गर्न पाएका छन भने अर्को तर्फ अष्ट्रेलियामा रहेका नेपालीहरूले पनि नयां नयां चलचित्रहरू हेर्ने अबसर पाएका छन ।

नेपालमा चलचित्रको विषयमा भएको चर्चाको आधारमा अष्ट्रेलियामा चलचित्रहरू बिक्ने गर्छ । यसै क्रममा अष्ट्रेलियामा स्तरिय र हिट चलचित्रहरूको बजार ब्यबस्थापन गर्दै आएका ईपि माईग्रेसन र हो र होईन होला ईभेन्टसले एक साथ राम्रै मूल्यमा दुई चलचित्र पुरानो डुगां र लुट-२ को अष्ट्रेलिया अधिकार खरिद गरेको छ ।

‘हामीलाई बिश्वास छ कि यी दुई चलचित्रले अष्ट्रेलियामा नयां रेकर्ड राख्ने छ’ ईपि माईग्रेसनका खिलेन्द्र तिम्सिनाले बताए ।

यसैगरी अगस्ट ७  का दिन यी दुई चलचित्रको प्रचार प्रसारका लागि सिड्नीमा साथीको साथमा नामक डान्स पार्टीको आयोजना गरिएको जानकारी हो र होईन होलाका रोशन भट्टराईले दिए । चलचित्र लुट-२ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन भने पुरानो डुगांमा रामबाबू गुरूंङको निर्देशन रहेको छ ।

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?