+
+
Shares

नेपाली सडकमा ३५ हजार टोयोटा गाडी, नयाँ बजारमा खुल्यो आउटलेट

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ९ गते ११:११

Toyota-Shoroom
९ असार, काठमाडौं । युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले नेपालमा टायोटा गाडी ३५ हजार पुगेको बताएको छ । नेपाल भित्रिएका केही गाडीहरु काम नलाग्ने अबस्थामा पुगेपनि १९८० यता भित्रिएका अधिकांश मोडलहरु चालु अवस्थामा रहेको कम्पनीको भनाई छ ।

कम्पनीले विगत ४९ वर्षदेखि टोयोटा गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आएको छ । नेपालमा टोयोटा गाडीहरु लोकप्रिय रहेका छन् । टोयोटाका कमर्शीयल बसदेखि कारसम्म नेपालमा उपलब्ध छन् ।

युनाइटेड ट्रेडर्सले शनिबार काठमाडौंको नयाँ बजारमा आउटलेट खोलेको छ । यहाँ टोयोटाको लागी आवस्यक सबै प्रकारका जेनियुन पार्टस्, मोविल वयल, एसोसोरिज उपलब्ध हुने छ ।

‘हामीले बिगतदेखि नै बिक्री गर्दै आएको टोयोटा जेनियुन मोटर बयल सुरुका दिनमा केहि मंहगो भनिएपनि अहिले सबै प्रकारका गाडीहरुमा प्रयोग हुन थालेको छ’ कम्पनीका बिबेक बलामीले भने– ‘यसमा टोयोटाको गुणस्तरलाई कायम राख्दै ल्याइएकोले अन्य ब्राण्डका गाडी प्रयोग कर्ताहरुले समेत हाम्रो मोविल प्रयोग गर्न थालेका छन् ।’

आउटलेको बिस्तारसँगै वर्कसपको सञ्जाल निर्माणमा पनि काम गरिरहेको बलामीको भनाई छ । ‘यसले टोयोटाले दिने सर्भिसलाई अझ छिटो, गुणस्तरीय र प्रभावकारी बनाउने हामीले विस्वास लिएका छौं’ उनले भने ।

कम्पनीसँग जोडिने वर्कसपहरुलाई बिशेष छुटको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ । बिगतमा टोयोटाको पार्टसहरु चाहिएमा नेपाली बजारमा झिकाउन धेरै समय लाग्ने आरोप लाथ्यो ।

यो आउलेट स्थापनाले ग्राहकहरुमा रहेका यस्ता भ्रमहरु चिर्न सफल हुने कम्पनीले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?