Comments Add Comment

निकाससहित जवाफ दिन प्रधानमन्त्रीलाई सिटौलाको आग्रह

Krishna-Prasad-Sitaula,-Photo-RSS
कृष्णप्रसाद सिटौला । तस्वीर: रासस

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले निकाससहित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै तत्कालीन संविधान मस्यौदा समितिका सभापति समेत रहेका सिटौलाले नयाँ सरकार गठनबारे संवैधानिक व्यवधान नभएको दाबी गरे ।

अन्तरिम संविधानमा रहेको व्यवस्था नै नयाँ संविधानको संक्रमणकालीन व्यवस्थामा राखेको भन्दै उनले केपी ओली जुन धारालाई टेकेर प्रधानमन्त्री बनेका थिए, त्यही धारालाई केटेर नयाँ सरकार बन्ने बताए ।

अबको निकास प्रधानमन्त्री र सभामुखको हातमा रहेको भन्दै उनले भने, ‘मेरो आग्रह छ, प्रधानमन्त्रीले जवाफ दिँदा निकाससहित जवाफ दिनुहोस् ।’ उनले अघि भने, ‘कसैले कन्फ्यूजनमा बस्नु पर्दैन । जसरी पहिले सरकार बनेको थियो, त्यसरी नै नयाँ सरकार बन्छ ।’

सरकारबारे निर्णय गर्ने थलो संसद भएको भन्दै उनले संसदमाथि को छ भन्ने प्रश्न गरेका छन् । उनले भने, ‘यो संसदले निर्णय गर्न सक्दैन भने यसको औचित्य छैन । हामी यो निष्कर्षमा पुग्नु हुँदैन ।’

कांग्रेस नेता सिटौलाले सरकार संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा असफल भएको आरोप लगाए । माओवादीले समर्थन फिर्ता लिएपछि वा बजेट आश्रति विधेयक फेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा लिएको भए राम्रो हुने उनको भनाइ थियो ।

साथै उनले अब बन्ने प्रचण्ड नेतृत्वको सरकारको मुख्य चुनौती पनि यही भएको बताए । ‘सयुक्त सरकारले सिगो सदनलाई साथ लिएर संविधान कार्यान्वयन र पुनर्निर्माणमा सफलता हात पार्न सक्छ कि सक्दैन मूल विषय यहि हो,’ नेता सिटौलाले अघि भने, हाम्रो सहयोगमा प्रधानमन्त्री बन्दै हुनुहुन्छ, म प्रचण्डलाई सजग गराउन चाहन्छु ।’

अबको सरकार मुल प्रतिपक्षलाई विश्वासलाई लिएर संविधान कायर्नन्वयनमा जानुपर्ने उनले बताए । यस क्रममा जति सकिन्छ संशोधन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा उनको जोड छ ।

संविधानसभा भंग हुँदा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावमा जानु परेको स्मरण गर्दै उनले डेढ वर्षको बीचमा तीन वटा चुनाव गर्न नसके खिलराज प्रकरण दोहोरिन सक्ने संकेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment