+
+

पहिरोले कपास उद्योग पुरिँदा सात घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १२ गते ९:२५

१२ साउन, पर्वत । गएराति वर्षासँगै भीरबाट झरेको पहिरोले माझफाँट–२ मा कपास उद्योग पुरिँदा सातजना घाइते भएका छन् ।

Gorakaha-Pahiroपर्वत जिल्लाको माझफाँट–२ बारीबेनीमा कालीगण्डकीको तिरमा रहेको धौलागिरि कपास उद्योग पहिरोका कारण पुरिएको हो ।

पहिरोले पुरिएर उद्योगभित्र सुतिरहेका सातजना मजदुर र सञ्चालक घाइते भएका छन् जसमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

घाइतेको छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । पहिरोका कारण उद्योगमा लाखौँको क्षति भएको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?