+
+
Shares

अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १२ गते १८:४७

१२ साउन, काठमाडौं । रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीको अपराध महाशाखाले युरो फाउण्डेशन कन्सल्टेन्सीका सञ्चालन नुवाकोट काउलेका २८ बर्षीय बिनोद अधिकारीलाई पक्राउ गरेको छ ।

Nepal-Police-Crime-Divisionयुरो फाउण्डेशन कन्सल्टेन्सीले २०६९ सालदेखिनै अष्ट्रेलियामा गैह्रकानूनी रुपमा कार्गोमा लोड अनलोडको जागीर लगाइदिने बाहनामा बिभिन्न ब्यक्तिसँग ठगी गरेको प्रहरीको भनाई छ ।

गुल्मीका बिष्णु मल्लसँग अष्ट्रेलिया पठाइदिने भन्दै ५ लाख ८० हजार दिएको र नपठाएपछि प्रहरीमा उजुरी गरेका थिए । यही उजुरीका आधारमा प्रहरीले सञ्चालक अधिकारीलाई पक्राउ गरेको हो ।

युरो कन्सल्टेन्सीका अन्य सञ्चालकहरु नुवाकोटकै रामजी अधिकारी र तेह्रथुम सुडापका आङखेवा लिम्बु क्रमसः दुवई र मलेसियामा रहेकाले उनीहरुलाई पक्राउ गर्न सम्बन्धित मुलुकका प्रहरीको सहायता लिइने प्रहरीले जनाएको छ ।

यस कन्सल्टेन्सीले अष्ट्रेलियाम पठाइदिने भन्दै मल्लका अलावा मोहन कार्कीबाट ४ लाख, कृष्णा लामिछानेबाट ५ लाख, राजन गौतमबाट ३ लाख, दीपक पन्तबाट डेढ लाख असुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?