+

सागमा पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सरकारको सम्मान

२०७३ साउन  १३ गते १२:३० २०७३ साउन १३ गते १२:३०
सागमा पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सरकारको सम्मान

Sag-Medalist-Samman

१३ साउन, काठमाडौं । भारतको सिलोङ र गुवहाटीमा गत माघमा भएको १२औं दक्षिण एशियाली खेलकुदका पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सरकारले बिहीबार नगदसहित सम्मान गरेको छ ।

सागमा नेपालले ३ स्वर्णसहित ६० पदक जितेको थियो । जसमा २३ रजत र ३४ काश्य छन् ।

सरकारको पूर्वघोषित निर्णय अनुसार सागका ब्यक्तिगत खेलतर्फ स्वर्ण जित्ने खेलाडीले ५, रजत जित्नेले ३ र काश्य जित्नेले २ लाख नगद पाएका छन् । त्यस्तै समूहिक खेलतर्फ स्वर्ण जित्ने टोलीले २ लाख, रजत जित्नेले १ लाख र काश्य जित्नेले ५० हजार पुरस्कार पाएका छन् ।

यता स्वर्ण दिलाउने प्रशिक्षकले ३ लाख, रजत र काश्य दिलाउने प्रशिक्षकले क्रमसः २ र १ लाख पुरस्कार पाएका छन् ।

प्रधानमन्त्री निबास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदकबिजेता १६९ खेलाडी र ६१ जना प्रशिक्षकलाई नगतसहित सम्मान गरे ।

सागमा स्वर्ण जितेका उसुकी नीमा घर्तीमगर र जुडोकी फूपूहृलामू खत्रीले ५/५ लाख पुरस्कार पाए । तर अर्को स्वर्ण जितेका फुटबल खेलाडीहरुलाई २/२ लाख दिइयो ।

फुटबलको हकमा भने सरकारले यसअघि नै ५ लाख दिने निर्णय गरिसकेकाले मन्त्रीपरिषदबाट निर्णय गराएर बाँकी ३ लाख उपलब्ध गराइने राखेप सदस्यसचिव केशव विष्टले जानकारी दिए ।

त्यस्तै २३ रजत बिजेता र ३४ काश्य बिजेता खेलाडीलाई पनि क्रमसः ३ र २ लाख नगतसहित सम्मान गरिएको छ ।

सदस्य सचिव विष्टका अनुसार सागका पदक बिजेता खेलाडीका लागि सरकारले आज करीव ३ करोड पुरस्कार वितरण गरेको छ ।

नेपाली खेलकुद १२अाैं साग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय