+
+
Shares

सिजी मोबाइलले ल्यायो ‘इओन ब्लेज गोल्ड’ स्मार्टफोन

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १६ गते १६:१९

CG-EON-Blaze-Gold
१६ साउन, काठमाडौं । चौधरी समूहको भगिनी कम्पनी सिजी मोबाइलले नयाँ स्मार्टफोन ‘इओन ब्लेज गोल्ड’ बजारमा ल्याएको छ । यसअघि बजारमा आएको ‘इओन ब्लेज’ लोकप्रिय भएपछि कम्पनीले नयाँ मोडल ल्याएको हो ।

‘इओन ब्लेज गोल्ड’ ५ इञ्चको २.५ डी आइपीएस टच स्क्रिन भएको स्मार्टफोन हो । यसले ग्राहकलाई नौलो टच अनुभव दिलाउने कम्पनीको दाबी छ । यसको मोटाई ८.६ मिलिमिटर रहेको छ । जसले गर्दा स्मार्टफोन आकर्षक र स्लिम देखिन्छ । यो थ्रीजी नेटवर्क भएको स्मार्टफोन हो ।

यसमा उच्च क्षमताको क्यामेरा प्रयोग गरिएको छ । यसको पछाडि १३ मेगापिक्सेल अटोफोकस र अगाडि ५ मेगापिक्सेल क्यामेरा छ । जसबाट कम प्रकाशमा पनि गणस्तरीय फोटो तथा भिडियो कैद गर्न सकिन्छ ।

पछिल्लो समय हुर्किएको सेल्फी कल्चरलाई मध्यनजर गर्दै सिजी मोबाइलले उच्च क्षमताको सेल्फी क्यामेरा राखेको छ । सेल्फी क्यामेराबाट विभिन्न मोडमा राखेर फोटो खिच्न सकिने सुविधा छ । पछिल्लो समय मोबाइल कम्पनीहरुले क्यामेरालाई प्राथमिकतामा राख्न थालेका छन् ।

स्मार्टफोनमा १.३ गीगाहर्ज क्वाडकोर प्रोसेसर रहेको छ । यो स्मार्टफोन एन्ड्रोइड ६.० मार्शमाल्लो अपरेटिङ सिष्टममा चल्छ । यसमा १ जीबी ¥याम रहेको छ । यो स्मार्टफोन उच्च गतिमा चलाउन सकिने कम्पनीको भनाई छ ।

यसमा १६ जीबी क्षमताको आन्तरिक मेमोरी रहेको छ । यसलाई आवश्यकता अनुसार माइक्रो एसडी कार्डमार्फत ३२ जीबीसम्म विस्तार गर्न सकिन्छ ।

स्मार्टफोनमा २३०० एमएएच लिओन पावरफुल ब्याट्रि प्रयोग गरिएको छ । एक पटक फुल चार्ज गरेपछि लामो समय कल गर्न र भिडियो हेर्न सकिने कम्पनीको दाबी छ ।

नेपाली बजारमा ‘इओन ब्लेज गोल्ड’ को मूल्य ८ हजार ८ सय ८८ रुपैयाँ तोकिएको छ । कम्पनीले कम मूल्यमा उच्च क्षमताको स्मार्टफोन चलाउन खोज्ने ग्राहकलाई लक्षित गरेर यो स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोन खरिद गर्दा कम्पनीले कालो कभर सित्तैमा उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?