Comments Add Comment

प्रधानमन्त्री उम्मेवार छान्न एमाले बैठक जारी

वामदेव गौतम र सुवास नेम्वाङको नाममा छलफल

UML-Party-Office१८ साउन, काठमाडौं । कांग्रेस माओवादी गठबन्धनका प्रधानमन्त्री उम्मेदवार प्रचण्डसँग कसलाई प्रतिस्पर्धा गराउने भन्ने निर्णय गर्न एमाले स्थायी कमिटी बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा उम्मेदवार टुंगो लगाउने लगायतका विषयमा छलफल भइरहेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

एमालेबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा उपाध्यक्ष बामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङ चर्चामा छन् । यिनै नाममाथि छलफल भइरहेको स्रोतले जनाएको छ ।

केही नेताले प्रचण्डको प्रस्तावको विपक्षमा मतदान गरेपछि प्रमुख प्रतिपक्षको हैसियत स्वतः प्राप्त हुने भन्दै उम्मेदवार खडा नगरे पनि हुने सुझाव दिएको एक नेताले बताए ।

यसपटक प्रधानमन्त्रीको उम्मेदवार खडा गरिएको व्यक्ति वैकल्पिक प्रधानमन्त्रीका रुपमा रहन सक्ने भएकाले पनि उम्मेदवारीको अर्थ रहेको छ । माधव नेपाल झलनाथ खनाल लगायतका नेताले ओली नउठ्ने भएपछि गौतमलाई उठाउन सुझाव दिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment