+
+
Shares

कोरियामा दुर्घटनामा एक नेपालीको मृत्यु

रासस रासस
२०७३ साउन १८ गते १०:२६

१८ साउन, पाँचथर । दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन् ।
accidentयस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा भन्ज्याङका ३० वर्षीय सुवास मुखिया गम्भीर घाइते भएका छन् ।

उनको अहिले खङ्वन्दो वन्जुसिकै खिदोक हस्पिटलमा उपचार भइरहेको त्यहाँबाट भीमराज चेम्जोङले जानकारी दिए ।

गत शुक्रबार कार दुर्घटना हुँदा आचार्यको घटनास्थलमै मृत्यु भएको र उनका साथी मुखिया गम्भीर घाइते भएको कुसुम बास्कोटाले जानकारी दिए ।  आचार्य भर्खरै मात्रै र मुखिया एक वर्ष अघि कोरिया पुगेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?