१८ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेद्वारी नदिने निर्णय गरेको छ ।
मंगलबार बसेको स्थायी कमिटीको बैठकबाट एमालेले प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिने निर्णय गरेको हो ।
प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिए पनि प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने एमाले स्थायी कमिटीको निर्णय छ ।
पार्टीको निर्णयबारे जानकारी दिँदै एमाले उपमहासचिव विष्णु पौडेलले अनलाइनखबरसँग भने, ‘हामीले प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’
मंगलबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रधानमन्त्री पदको निर्वाचन बुधबार हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4