Comments Add Comment

प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै एनआरएनले भन्यो- पुनःनिर्माणले गति लिने आशा गरेका छौं

prachanda-and-shesh-ghaleकाठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको नयाँ प्रधानमन्त्री चयन भएकोमा गैरआवासीय नेपाली संघले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेको छ ।

संघका अध्यक्ष शेष घलेले एक बधाई सन्देश दिँदै प्रधानमन्त्रीमा प्रचण्डको चयनसँगै मुलुकले पुनःनिर्माणमा गति पाउने र संविधान कार्यन्वयनको मार्ग प्रसस्त भई मुलुक क्रमशः स्थायित्व र आर्थिक सम्बृद्धि हुनेमा संसारभरि छरिएर रहेका गैरआवासीय नेपालीहरु आशावादी रहेको बताएका छन् ।

‘राष्ट्र पुनःनिर्माण र सम्बृद्धिका लागि नेपाल सरकारसँग सदाझैं हातेमालो गरेर अगाडी बढ्न गैरआवासीय नेपाली तत्पर र अग्रसर रहने बिश्वास दिलाउन चाहान्छौं ।’ अध्यक्ष घलेले भनेका छन् ।

भूकम्प, नाकाबन्दी र लामो समयको राजनीतिक आन्दोलनका कारण जोखिममा रहेको मुलुकको अर्थब्यबस्था सुदृढ गर्न र मुलुकलाई सम्बृद्धिको मार्गतर्फ अग्रसर बनाउन दाहाल नेतृत्वको सरकारलाई सफलता मिलोस् भनी संघले शुभकामना ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment