+
+
Shares

मनीग्रामले सिटी एक्सप्रेससँगको सहकार्यमा रेमिट्यान्स भुक्तानी थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २१ गते १२:२५

city-express-n-moneygram
२१ साउन, काठमाडौं । मनीग्रामले नेपालमा आˆनो पहुँच बढाउँदै सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिसँग सहकार्य गरेको छ । विदेशमा काम गरिरहेका नेपालीलाई अब नेपालमा रकम पठाउनका लागि अझ सुविधा मिल्नेछ ।

दक्षिण एसियाका मनीग्रामका क्षत्रीय निर्देशक शेशागिरी मालिया भने, ‘नेपालमा रहेका ग्राहकहरूलाई सहज र पायक पर्ने सेवा दिनका लागि संसारभरि रहेका नेपालीलाई सेवा पुर्‍याउन मनीग्राम तत्पर छ । सिटी एक्सप्रेससँगको सहकार्यले अब सो सेवा अझै विस्तारित भएको छ र विशेष गरी मिडल इस्टमा -गल्फ क्षेत्र) काम गर्ने नेपालीका लागि यो सहकार्य उपयोगी साबित हुनेछ ।’

सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्ऽ टण्डनले भने, ‘संसारको सबैभन्दा अग्रणी रेमिटान्स सेवा प्रदान गर्ने कम्पनि मनीग्रामसँग सहकार्य गरी सेवा पुर्‍याउन पाउँदा हामी अत्यन्तै हषिर्त र उत्साहित छौँ । यो सहकार्यले सुदृढ सेवा र्पुयाउन हामीलाई धेरै मद्दत गर्नेछ ।’

यसका साथै, मनीग्रामको सेवा सिटी एक्सप्रेसबाट प्राप्त गर्ने ग्राहकले कारोबार गर्ने बित्तिकै ५० रुपैयाँको टपअप आफ्नो मोबाइलमा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?