Comments Add Comment

भारतको असाममा अन्धाधुन्द आक्रमणबाट १२ को मृत्यु

Assam२१ साउन, काठमाडौं । भारतको आसाममा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ । प्रहरीको जवाफी कारबाहीमा हमलाकारी पनि मारिएका छन् ।

असमको कोक्राझार भन्ने स्थानमा कालो कपडा लगाएको एक व्यक्तिले ग्रिनेड विष्फोट गराएपछि अन्धाधुन्द गोली चलाएका थिए ।

आक्रमणबाट अन्य तीस जना घाइते भएको बताइएको छ ।

हमलाकारी को हुन् र किन आक्रमण गरे भन्ने नखुलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment