+
+
Shares

यस्तो छ दीपाश्री नाचेको तीज गीत

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २४ गते १०:३९

Deepa-shree

काठमाडौं । दीपाश्री निरौला र निसा सुनार साथी-साथी हुन् । हरेक तीजमा आफ्ना लागि गाउने निशाले यसवर्ष साथी दीपाश्रीका लागि गाइदिएकी छिन् ।

विवाह गर्ने नेपाली युवतीको उमेर घर्काइसकेकी दीपाका लागि जुन देश बस्ने भएपनि ‘नेपाल छोरो’ चाहिएको आशयको गति गाएकी हुन् ।

‘फ्रेण्डसिप डे’को अवसरमा सार्वजनिक भएको गीत पत्रकार डिबी खड्काले लेखेका हुन् । गीत तीजमा युवतीले योग्य वर माग्ने कुरामा रहेपनि देशभक्ति र शन्देशले भरिपूर्ण छ । जातपातमा रहेको विभेदलाई लक्ष्य गरि भनिएको छः

‘बाहुनको होस् कि क्षेत्रीको भन्दिनँ जनजातीको

महादेव टुंगो लगाइदेऊ मेरो जीवनसाथीको’

त्यसैगरी नेपालीहरु विश्वभरि फैलिरहेका छन् । जुन देशमा बस्ने भएपनि नेपालप्रति माया गर्ने कुरालाई सम्बोधन गर्दै गीतमा लेखिएको छः

युकेमा होस् कि अमि्रका, जापानमा होस् जर्मनी

दयालु होस् मायालु होस् बुझ्ने होस् मनको मर्म नि

सौन्दर्य भन्ने कुरा नजरपिच्छे फरक हुने कुरा पनि गीतमा अटाइएको छ ।

अग्लो होस् कि होचो होस्, कालो होस् गोरो होस्

जो भएनि मेरो जीवनसाथी नेपालीको छोरो होस्

विनोद बाजुरालीले संगीत र एरेञ्ज गरेका छन् । शंकर विसीले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् भने अभिनय दीपाश्री र निशाको रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?