Comments Add Comment

अर्जुननरसिंह र शेखरलाई मनाउँदै देउवा

Sherbahadur-Deuba_1२५ साउन, काठमाडौं । आफूले मागेको मन्त्रालय नपाएपछि चर्को असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र अर्जुननरसिंह केसीलाई मनाउन सभापति शेरबहादुर देउवाले पहल थालेका छन् ।

कोइराला र केसी दुवैलाई मन्त्रिपरिषदमा पठाउन चर्को दबाब आएपछि सभापति देउवाले पहल थालेका हुन् । स्रोतका अनुसार कोइरालालाई कुनै पनि हालतमा परराष्ट्र मन्त्रालय नदिने सोचमा रहेका सभापति देउवा उनलाई सो मन्त्रालय दिन लचक भएका आजको राजधानी दैनिकमा समाचार छ ।

देउवाले डा. कोइरालालाई परराष्ट्र मन्त्रालय दिन आफू तयार रहेको सन्देश पनि पठाइसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएकै दिन कोइराला परराष्ट्रमन्त्री बन्ने पक्कापक्की थियो । तर सभापति देउवाले परराष्ट्र बाहेक अन्य कुनै मन्त्रालय रोज्न आग्रह गरेपछि उनले आफूले भनेको मन्त्रालय नपाए मन्त्री नै नबन्ने जवाफ फर्काएका थिए ।

यसैगरी गृह मन्त्रालय नपाएपछि मन्त्री बन्नै अस्वीकार गरेका केसीलाई भेटेरै देउवाले रक्षामन्त्री बन्न आग्रह गरेका छन् । रक्षामन्त्री बन्न केसी सकारात्मक भएको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment