Comments Add Comment

गोरखा सेवा समाज युएईले तीजमा धमाका मचाउने

 

gorkha ko teej
दुबई । गोरखा सेवा समाज, युएईले आगामी १९ अगस्टमा दुबईमा तीज धमाका गर्ने भएको छ । बरदुबईको होटल इम्पेरियल स्विटमा आयोजना हुने तीज धमाका-२०१६ का लागि नेपालबाट चर्चित नायिका रन्जिता गुरूङसहित लोकदोहोरी गायक विरही कार्की र गायिका कोपिला गुरूङ युएई आउने समाजका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

नायिका रन्जिता, लोकगायक कार्की र गायिका गुरुङको युएईमा यो पहिलो स्टेज कार्यक्रम हुनेछ । साथमा युएईको नेपाली कलाकारितामा चर्चामा रहेका कलाकारहरूको बेजोड प्रस्तुति रहने संस्थाका सल्लाहकार गोविन्द ढकालले बताए ।

वैदेशिक रोजगारीका लागि यूएईमा रहेका नेपाली दिदीबहिनीहरुलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको संस्थाको अध्यक्ष बिनोद श्रेष्ठले बताए ।

आफ्नो जन्मभूमि छोडी खाडी मुलुकमा बसेर एक दिन भए पनि नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको साथमा माइतीको सम्झनालाई बिर्सन उक्त कार्यक्रमले भरपुर मनोरन्जन दिने आयोजकको दाबी छ । नेपाली रीतिरिवाज, चाडपर्वको जगेर्ना गर्न समाजले यस्ता पर्व विषेश कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा सहयोग र सहभागिताको लागि युएईमा रहेका सबै संघसंस्था, पत्रकार, कलाकार, ब्यावसायी र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आयोजकले आग्रह समेत गरेको छ ।

अरू कार्यक्रमको तुलनामाभन्दा यस कार्यक्रम निकै महत्वपूर्ण र सफल हुने पनि दाबी आयोजकको छ ।

कार्यक्रम नमस्ते ट्राभल्स युएइको मुख्य प्रायोजनमा हुनेछ । तीजकै अवसर पारेर झापा, स्याङ्जा, बाग्लुङ, दाङ, इनास, एनआरएन लगायत धेरै संस्थाहरुले साप्ताहिक रुपमा तीज विशेष कार्यक्रम आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment