Comments Add Comment

चीनको साङसी र सिचुवान प्रान्तका लागि पर्यटन दूतमा डा. झा नियुक्त

२५ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डले चीनमा कार्यरत प्राध्यापक डा. राजीव झालाई साङ्सी र सिचुवान प्रान्तका लागि अवैतनिक जनसम्पर्क दूतमा नियुक्त गरेको छ ।

Dr.-Rajib-Jha
प्रा. डा. राजीव झा

करिव १९ वर्षदेखि चीनमा कार्यरत डा. झा त्यहाँको सियान विश्वविद्यालयमा अनुसन्धानकर्ताको रुपमा कार्यरत छन् । उनी चीन सरकारले विश्वभरबाट छानेका एक सय उत्कृष्ट प्रतिभामध्ये पर्छन् । उनी गत वर्ष नेपाल सरकारबाट उत्कृष्ट युवा वैज्ञानिकबाट सम्मानित भएका थिए ।

नेपालले चीनलाई पर्यटक स्रोत मुलुकका रुपमा पहिलो प्राथमिकतामा राखिरहेका बेला त्यहाँको सरकारी तथा निजी क्षेत्रमा राम्रो जनसम्पर्क रहेका डा. झालाई पर्यटन दूतमा नियुक्त गरेको हो । डा. झाले साङ्सी र सिचुवान प्रान्तमा नेपाली पर्यटकीय गन्तब्यको प्रबर्द्धनका लागि अवैतनिकरुपमा भूमिका खेल्नेछन् ।

‘नेपालका लागि सम्भावित पर्यटकहरु साङ्सी र सिचुवानजस्ता प्रान्तमै छन् भन्ने मेरो विश्वास हो,’ डा. झाले अनलाइनखबरसँग भने, ‘हामीले नेपालबारे पर्याप्त प्रबर्द्धन गरेर सिधा हवाई सुविधा दिन सक्यौं भने नेपालले लक्ष्य राखेबमोजिम चिनियाँ पर्यटक ल्याउन कठिन छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment