२५ साउन, झापा । कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्स, विर्तामोडमा अध्ययनरत ३ दर्जन बढी विद्यार्थीहरु विषाक्त खानेकुरा सेवनका कारण विरामी भएका छन् । स्टाफ नर्स अध्ययनरत विद्यार्थीहरु विरामी भएका हुन् ।
उनीहरुलाई बान्ता र झाडा पखाला लागेपछि अस्पताल भर्ना गरिएको छ । विरामीहरुको स्थानीय विर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ ।
इन्स्टिच्युटका अध्यक्ष ध्रुव शिवाकोटीका अनुसार इन्स्टिच्युटको छात्रावासमा सोमबार बेलुका राम्रै खाना खुवाइएको थियो । उनले भने, ‘हिजो बेलुकीको खानामा समस्या थिएन, तर कहिले काहीँ विद्यार्थीहरुले लुकेर चटपटे र मःमः पनि खान्छन् ।’
उपचारमा संलग्न चिकित्सक डा. अनिल कुमारले ‘फुड पोइजन’ भएको बताए । छात्रावासमा ८० जना विद्यार्थी छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4