Comments Add Comment

प्रिभ्यू- ‘घाइते’ नेदरल्याण्डविरुद्ध आत्मविश्वासी नेपाल

Nepali-Cricket-Team

विश्व क्रिकेट लिग च्याम्पियनसीपको चौथो चरणमा नेपालले नेदरल्याण्ड्ससँग उसकै मैदानमा खेल्दैछ । दुई एकदिवशीय खेलमध्ये शनिबार पहिलो खेल हुँदैछ ।

नेपाल र नेदरल्याण्ड यसअघि दुई पटक आमने सामने भएकोमा दुवैले एक-एक खेल जितेको छ । सन् २०१४ मा न्युजिल्याण्डमा भएको एकदिवशीय विश्वकप छनौटमा नेदरल्याण्ड्सले नेपालमाथि ७ विकेटको सहज जित निकालेको थियो भने गत बर्ष भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले दुई विकेटको जित आत्मसाथ गरेको थियो ।

यस खेलका लागि दुवै टोलीले प्रतिस्पर्धात्मक अभ्यास खेल खेलिरहेका छन् । प्रतियोगिताको यसअघिको संस्करणपछि दुवै टोलीले लिष्ट ए म्याच खेलेका छैनन् । नेपालले नेदरल्याण्ड्सबिरुद्धको खेलअघि इंग्ल्याण्ड टुर गरेको थियो । त्यस्तै नेदरल्याण्ड्सले पनि एमसीसीबिरुद्ध घरेलु मैदानमा अभ्यास खेल दुई दिनअघिमात्र खेलेको थियो ।

नेपालबिरुद्धको खेलमा नेदरल्याण्ड्सलाई जितको दावेदारको रुपमा हेरिएको छ । तर, टोलीमा उपलब्ध खेलाडीबीचको संयोजन र इन्ज्युरी समस्याका कारण डच टोलीको आत्मविश्वासमा केहि कमी आएको अनुमान गर्न सकिन्छ ।

त्यसको विपरित नेपालले अभ्यास खेलका क्रममा इंग्ल्याण्ड टूरको कुनैपनि खेलमा पराजित भएन । जितको मनस्थितिमा नेपाल नेदरल्याण्ड पुगेको छ । तर, डच टोलीले नेपालको क्षमतालाई नजरअन्दाज गर्न भने सक्दैन ।

डच टोलीका लागि सबैभन्दा ठूलो चिन्ताको बिषय भनेको उसको कप्तान तथा मध्यक्रमका ब्याट्सम्यान पिटर बोरेनको चोट हो । एमसीसी बिरुद्धको खेलमा स्लिपमा क्याच लिने क्रममा चोटग्रस्त बनेका कप्तान बोरेनले नेपालबिरुद्धको खेल गुमाउनसक्ने आसंका गरिएको छ । साथै लोगान मान बिक अझै चोटमुक्त भइसकेका छैनन् भने टम कुपर अष्ट्रेलियामा छन् । मुख्य खेलाडी टोलीबाहिर रहनुले डच टिम संकटमा परेको छ ।

यसैबीच अफगानिस्तानसँगको पराजयमा डच टोलीको शीर्ष क्रममा समस्या प्रमुख कारण मानिएको थियो । पछिल्लो समय नेदरल्याण्ड्सको यो सबैभन्दा प्रमुख समस्या हो । विष्पोटक तथा खतरनाक ब्याट्सम्यानको अभाव नेदरल्याण्ड्सको टोलीमा देखिन थालेको छ ।

ओलपिट सीसीसँगको सुरुवाती जोडीले उल्लेखनीय प्रदर्शन गर्न नसकेपछि स्टेफन माइबर्गसँग मिचेल रिप्पोनलाई पेस गरिएको छ । माइवर्ग डच टोलीका सबैभन्दा खतरनाक ब्याट्सम्यान हुन् र गत सिजन उनले घरेलु क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । साथै उनी प्रतियोगिताको शीर्ष रन स्कोरर पनि हुन् ।

सुरुवाती जोडीमा समस्या नेपालको पनि पारम्परिक समस्या हो । तर अहिले त्यो समस्या केहि समाधान भएको हुनसक्ने अनुमान गरिएको छ । उपकप्तान ज्ञानेन्द्र मल्ललाई तेस्रो नम्बरबाट ओपनिङमा ल्याइएको छ । र उनीले केहि हदसम्म सुरुवाती इनिङमा राम्रो खेलेका छन् । जहाँ दोस्रो तर्फ अनिल मण्डल छन् । उनीपनि टोलीमा पर्न नसक्ने खतरा छ । राष्ट्रिय टोलीका नयाँ सदस्य सुनील धमलाले नेपालको सुरुवाती ब्याट्सम्यानको रुपमा उपकप्तान मल्ललाई सघाउनेछन् ।

युके टूरको निराशाजनक प्रदर्शन पनि अनुभवी ओपनर तथा विकेटकिपर सुवास खकुरेल टिमबाट बाहिर राखिएका छन् । उनको स्थानमा विकेट किपरको रुपमा अण्डर नाईन्टिनका पूर्व कप्तान राजु रिजाल आएका छन् । तर, उनी ओपनिङ ब्याट्सम्यान होइनन् । अस्थायी ओपनर नरेश बुढाएर पनि क्यानडामा व्यवसायिक क्रिकेट खेलिरहेकाले टोलीमा छैनन् । छोटो समय टोलीमा देखिएका महेश क्षत्री पनि अनिल मण्डलभन्दा राम्रो खेल्न सकिरहेका छैनन् ।

अनिल मण्डलको प्रदर्शनमा नियमितता छैन । तर, बेलायत भ्रमणका क्रममा इष्टबोर्न सीसीबिरुद्ध ७३ र पाकिस्तान ए बिरुद्ध ६१ रनको उत्कृष्ट प्रदर्शन गरेका थिए । पपुवा न्युगिनीबिरुद्ध दुवै खेलमा शून्यमा आउट भएका पनि मण्डल नै हुन् । तर अनिल मण्डल एकमात्र नेपाली ब्याट्सम्यान हुन् जसले युरोपको पिचमा शतक प्रहार गरेका छन् ।

मण्डलको सबैभन्दा ठूलो चुनौति भनेको अण्डरनाइन्टिन टोलीबाट बढुवा भएका युवा खेलाडी सुनील धमला हो । अण्डर नाइन्टिन विश्वकप छनौटमा आयरल्याण्डबिरुद्ध बनाएको ७५ रनको शानदार पारीका कारण धमला छनौटकर्ताको नजरमा परेका हुन् । धमला नेपाली टिमको शीर्ष पंक्तिमा आशा गरिएका ब्याट्सम्यान हुन् । उनको क्षमता अझै मण्डललाई विस्थापित गराउन सक्ने भइसकेको छैन । हुनसक्छ प्रशिक्षक जगत टमाटाले उपकप्तान ज्ञानेन्द्रलाई तीन नम्बरमै फर्काएर मण्डल र धमलाको जोडीलाई ओपनिङमा पठाउने योजना बनाएका छन् ।

मध्यक्रमका अनुभवी स्टार शरद भेषावकारको उत्कृष्ट लयलाई निरन्तरता दिनको लागि ओपनिङ साझेदारीमा जोखिम लिनुपर्ने हुन्छ । भेषावकारले ६८.५ को औषतमा अहिलेसम्म प्रतियोगितामा २७४ रन बनाएका छन् । उनी समग्र रनमा युएईमा शाइमन अनवारभन्दा मात्र २ रनले पछाडि छन् ।

भोषावकारको लयले रनका लागि नेपाली टोलीमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लमाथिको निर्भरता पनि तोडिएको छ । मल्ल, खड्का र भेषावकार क्रमसः ३, ४ र ५ नम्बरमा ब्याटिङमा आउँछन् ।

नेपालको पछिल्लो मध्यक्रममा अलराउण्डरहरुको बर्चस्व छ । पूर्व ओपनर तथा अफ स्पिनर सागर पुन अहिले ब्याट्सम्यान भन्दा बलरको रुपमा राम्रो लयमा छन् । त्यसैले उनी नेपालका पछिल्ला खेलहरुमा ३ देखि ८ नम्बरसम्म ब्याटिङका लागि आएका छन् । यता ओपनिङ बलर सोमपाल कामी पनि पछिल्ला क्रममा बिष्फोटक ब्याट्सम्यानको रुपमा देखिएका छन् ।

मध्यक्रमका ब्याट्सम्यानको निरन्तरको उत्कृष्ट प्रदर्शनका कारण नेपाल प्रतियोगिताको शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनेको देखिन्छ ।
मध्यक्रमका अनियमित बिनोद भण्डारी र राजेश पुलामी पनि शिद्धान्त लोहनी र आरिफ शेखभन्दा केहि राम्रो प्रदर्शन गरिरहेका छन् । यद्यपी लयमा रहेका बिशेषज्ञ ब्याट्सम्यानको भने डच बिरुद्धको खेलमा नेपाली टोलीलाई खड्कनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment