+
+
Shares

चीनसँगको कोरला नाका खुल्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २९ गते ६:०४

२९ साउन, काठमाडौं । चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ ।

Korala-Roadवर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिएको आजको अन्नपूर्णमा समाचार छ ।

‘सीमाको गेट भदौ ४गतेबाट खोल्ने भनिएको छ, अधिकारीले भने, ‘अहिलेचाँहि चिनियाँहरु आएर व्यापारिक मेलाका लागि स्टलबनाउँदैछन् । उनीहरुले गेट खोले पनि नेपाली र उताका स्थानीयको आउजाउ छैन ।’ उनका अनुसार भदौ ४ बाट दुई हप्ताका लागि गेट खोल्न दुईपक्षीय कुराकानी भएको थियो ।

मुस्ताङको लोमाथाङ गाविसका सचिव ज्ञानेन्द्र विष्टका अनुसार चिनियाँहरुले खबर गरेर यताका स्थानीयलाई किनमेलका लागि डाकेका छन् । हिउँद याममा हिउँकै कारण स्थानीयलाई हिँडडुलमा समस्या हुने हुँदा अहिल्यै खोलिएको गाविस सचिव विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?